बुटवल, १९ साउन ।
कम्पन पुस्तक विक्रिको केही रकम पत्रकार किशोर पन्थीले सामाजिक काममा खर्च गरेका छन । गुल्मी दिगामका लक्ष्मण भण्डारीको आर्थिक अवस्था कमजोर रहेको अवस्थालाई ध्यान दिदै पन्थीले पुस्तक विक्रि गरेको केही रकम भण्डारीलाई ब्यावसाय गर्न सहयोग गरेका छन । सहयोग रकमबाट ठेला बनाएर भण्डारीलाई प्रदान गरिएको छ ।
बुटवल ढवाहमा अस्थायी वसोवास गर्दै आएका भण्डारीलाई स्थानिय समाजसेवी जुद्धकुमार चौहानको संयोजनमा ठेला बनाई भण्डारीलाई हस्तान्तरण गरिएको छ । सहयोग प्राप्त ठेलामा जुस बनाउने मेसिन जडान गरि ब्यवसाय सुरु गर्ने भण्डारीले बताएकाछन् । पत्रकार किशोर पन्थीका तर्फबाट नया पत्रिका दैनिकका प्रदेश ५ का ब्यूरो प्रमुख समेत रहेका संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष विष्णु घिमिरे र समाजसेवी जुद्धकुमार चौहानले भण्डारीलाई ठेला हस्तान्तरण गरेका थिए ।
अध्यक्ष घिमिरेले पत्रकार पन्थीले पुस्तक विक्रिको रकम आर्थिक रुपले कमजोर रहेका भण्डारीको हितमा खर्च गरेको भन्दै पन्थीको प्रशंशा गरेका थिए । घिमीरेले अमेरिकामा वसेर पनि नेपालमा दर्साएको मायाप्रति आभार ब्यक्त गर्दैे आगामी दिनमा अझ बढी सञ्चार क्षेत्रमा प्रगतिको शुभकामना दिए ।
जनयुद्धको कठीन समयमा पत्रकारिता गरेका पत्रकार पन्थी नेपालमा रहदा विभिन्न सञ्चार माध्यममा सम्पादकका रुपमा कार्यरत थिए । गुल्मीमा जन्मेका पन्थी हाल अमेरिकाबाट प्रकाशन हुने खशोखासको प्रधानसम्पादक प्रकाशक, अमेरीकाबाट एबीसी न्युज नेपालका अमेरीका ब्यूरो प्रमुख तथा विभिन्न सञ्चार माध्यममा क्रियाशिल छन ।
नेपालको महाभुकम्पपछिको अवस्था चित्रण गर्दै उनले कम्पन पुस्तक प्रकाशित गरेका थिए । सो पुस्तक नेपाल, अमेरिकासहित अन्य मुलुकमा समेत विक्रि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्