ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कम्युनिष्ट आन्दोलनका शिर्ष नेता अमात्यको २२ औँ स्मृति दिवस (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १८ साउन । नेपाली कम्युनिष्ट आन्दोलनका शिर्ष नेता तुलसीलाल अमात्यको २२ औँ स्मृति दिवस मनाइएको छ । तुलसीलालको सक्रियता, योगदानका कारण आज कम्युनिष्ट पार्टी नेपाली जनताले भरोसा गर्न लायक भएको वक्ताहरुले धारणा राखेका छन् ।

शुक्रबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २२ औं स्मृति दिवस मनाइएको छ । तुलसी लाल स्मृति प्रतिष्ठानको आयोजनामा नेता अमात्यको स्मृति दिवस मनाइएको हो । कम्युनिस्ट नेता तुलसीलाल अमात्य ललितपुरको क्वाँबहाल टोलमा सन् १९१६ मा जन्मिएका थिए ।

वि.सं. २०१५ सालको आमनिर्वाचनमा ललितपुरबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भई नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेता निर्वाचित भएका नेता अमात्य सन् १९४५ मा नेपाल मजदुर किसान संगठनको निर्माण गरी संस्थापक अध्यक्ष भएका थिए ।

सन् १९६१ मा बनारसमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव, नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि नेकपा (अमात्य)को गठन गरी नेतृत्व सम्हालेका थिए । सन् १९३३ देखि राजनीतिमा सक्रिय रहेका नेता अमात्य भारत स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्ट १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा पहिलो पटक छ महिना जेल परेका थिए ।

सन् १९४३ मा भारतको लखनऊबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका नेता अमात्य राजनीतिक जीवनक्रममा सन् १९४८ मा नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य रहेका थिए । सन् १९७९ मा आममाफी पाएपछि स्वदेश फर्केका नेता अमात्य २०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चाको मानार्थ अध्यक्ष भए, भने नेकपा एमालेको पाँचौँ अधिवेशनपछि उनी एमालेमा समाहित भए । सन् १९६० मा पंचायती शासनकालमा उनको सर्वस्वहरण गरियो । अमात्यले पञ्चायती शासनको यातनाको वास्ता नगरी २०४६ सालको आन्दोलनमा अग्रणी भुमिका खेलेको स्मरण गर्छन् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल ।

नेता अमात्य निडर र आत्मविश्वासी नेता थिए । अमात्यले पार्टी कामको शिलशिलामा रौतहट, सर्लाही, बारामा गएर किसान आन्दोलनलाई अझ मजबुद बनाउने काम गरे । किसानलाई जागरुक र संगठित बनाउन उनको महत्वपूर्ण भुमिका रहेको थियो । सन् १९५० मा दिल्ली सम्झौताको विरोध गरेवापत उनी मोतिहारी जेलमा आठ महिना बन्दी हुन बाध्य भए । किसानको हितका लागि लडेका नेताको सपना पुरा गर्नकै लागि भएपनि आजको कम्युनिष्ट नेताले जनतालाई स्वदेशमै रोजगार बनाउनको निम्ति पहल थाल्नुपर्ने नेकपाका नेताहरुको भनाइ छ । नेपाली जनलाई रोजगार दिई देशलाई समृद्ध बनाउन सके मात्र अमात्य जस्ता नेताको योगदानको कदर हुने नेता मोदनाथप्रश्रितले बताए। बा

नेता अमात्यले कुन बाटो’, ’राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम’, ’समाजवादी दलको संगठनात्मक समीक्षा’ जस्ता पुस्तकको रचना समेत गरेका थिए । उनी नेकपा एमालेको पहिलो पटक सरकार बनेका बेला चीनका लागि नेपाली राजदूत समेत भएका थिए । नेता अमात्यको त्याग, तपस्या र बलिदानीकै कारण आज नेपालमा कम्युनिष्ट पार्टीप्रति नेपाली जनताको भरोसा र विश्वा भएको नेकपाका नेताहरुको दावी छ ।

अमात्य जस्ता त्यागी नेताहरुको सक्रियता, योगदान र सपनाका कारण आज कम्युनिष्ट पार्टी यो हैसियतमा पुगेको हो । अमात्यलाई स्मृति दिवसको दिन मात्र सम्झिने होइन कि उनको जीवनीबाट कम्युनिस्ट आन्दोलनको नेतृत्वमा रहेका नेतृत्वले आत्मसाथ गर्न सके अमात्यप्रतिको सच्चा सम्मान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com