बुटवल, १७ साउन ।
रुपन्देही प्रहरीले जिल्लाको सैनामैना स्थित एक होटलबाट भालुको छाला,पित्त र दाँत सहित ३ जना पक्राउ गरेको छ ।
सैनामैना नगरपालिका,१० सालझण्डीको अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका,२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका,७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका,१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर १०२ बाट उनीहरुलाई अबैध सामाग्री सहित पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपि हृदय थापाले बताउनु भयो । प्रहरीले पत्रकारउ परेकाहरुलाई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्