बुटवल, १७ साउन । बुटवलको नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बसको छतमा एक युवकको शब फेला परेको छ ।
शुक्रबार बिहान करिब १० बजे तिर बसपार्क वरिपरि दुर्गन्ध फैलिएपछि खोजतलासी गर्दा युवकाको शब फेला परेको हो । करिब १५ दिन देखि पार्किङ गरेर राखेको बसको छतमा आंशिक रुपमा सडेको सब फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । लु १ ख् ६१३७ नम्बरको बसको छतमा भेटिएको शब गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याइएको छ ।
मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको बताईएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्