ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस लगायतका प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्नुपर्ने कारण यस्तो ( भिडियोसहित)


एबीसी न्यूज
श्रावण १७, २०७६ शुक्रबार  ११ : ३० बजे

काठमाडौं,१७ साउन । मानव अधिकार उल्लंघनका घटनामा संसदीय छानविन समिति बनाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिपक्षीले अवरुद्ध गर्दै आएको संसद बैठक सर्वदलिय बैठकमा पनि सहमती जुट्न नसकेपछि विहिबारको बैठक पनि स्थगित भएको छ । सरकारले संसदको कुरा नमानेको प्रतिपक्षी सांसदहरुको आरोप छ ।

बिहिबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि राजनीतिक दलहरुबीच सहमती जुट्न नसकेपछि स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक विविध कारणले असार २४ गतेदेखि अवरुद्ध हुँदै आएको छ । यसविचमा पटक पटक बैठक सर्दै आइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरुले संसदमा बाढी, पहिरो र डुबानको विषयमा सार्वजनिक महत्वको प्रस्तावमाथी छलफल हुनुपर्ने माग गरेपछि स्थगित बैठक साउन ८ गते सार्वजनिक महत्वको विषयमा छलफलपछि सुचारु भएको थियो ।

तर पनि बैठक निरन्तर रुपमा सञ्चालन हुन सकेन । साउन १३ र १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले सर्लाहीमा प्रहरीसँग मुठभेडमा मारिएका भनिएका कुमार पौडेलको हत्या प्रकरणको संसदीय छानविन समिति बनाएर छानविन गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखको रुलिङ कार्यान्वयन माग गर्दै संसद अवरुद्ध गरिरहेका छन् । लामो समयसम्म संसद बैठक अवरोध भएपछि सभामुख कृष्णबहादुर महराले बिहीबार सर्वदलीय बैठकको आह्वान गरे । बिहीबारको प्रतिनिधि सभाको बैठक हुनु अघि सभामुखले राजनीतिक दलहरुसँग सर्वदलिय बैठक गरेपनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न सकेन । जसको सीधा प्रभाव संसद बैठक सूचना टांस गरेर स्थगित हुन पुग्यो फेरि एकपटक । मानव अधिकार उल्लघंनसँग जोडिएको सर्लाही घटनाको संसदीय छानविन समिती बनाएर अनुसन्धान अघि बढाउन सरकार तयार नभएकोले सहमती हुन नसकेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

सत्तापक्ष दलहरुले भने यस विषयमा छलफल गर्दै जाने र संसद पनि चलाउँदै जाने प्रस्ताव गरेका थिए । तर सहमती नभइ संसद चले अवरोध गर्ने प्रतिपक्षीको चेतावनी यथावत रह्यो । यसअघि पटक पटक संसद अवरुद्ध भएकपछि सरकारलाई लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले गरेको रुलिङ पनि कार्यान्वयन भएको छैन । संसदीय समिति बनाएर मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धान गर्न सरकार भागिरहेको छ । राजनीतिक दलहरु सँगको छलफल जारी रहेको र सहमतीमा पुग्न अझै समय चाहिने भएकोले संसद बैठक स्थगित गर्नुपरेको नेकपा संसदीय दलका उप–नेता सुवास नेम्वाङको भनाइ छ । सत्तारुढ दलमै यस विषयमा मत विभाजित छ । यसर्थ यसमा सहमती हुन समय लाग्ने देखिन्छ । समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई प्रतिपक्षीको मागलाई समर्थन गर्दै वार्ता र सहमतीबाटै लोकतन्त्र बलियो हुने बताउँछन् ।

पछिल्लो समय संसद अवरुद्ध हुने क्रम बढ्दो छ । यसले संसदको गरिमालाई घटाउने काम गरिरहेको छ । दुईतिहाइको मत भनेर सत्तापक्षले जुनकुनै विषय पेलेर लाने र आफुलाई मन नपरेको विषयमा बहुमतको निर्णय पनि नमान्ने प्रतिपक्षी स्वभाव दुवै हानिकारक छ । संसदमा सबैकुरा सर्वसम्मत हुँदैन । सबै कुरा सर्वसम्मत हुन्छ पनि । त्यसैले दुवै पक्षले आ–आफ्नो चट्टानी अडान राखेर संसदीय गतिविधिलाई बन्धक बनाउनु पनि उचित देखिदैन । तर, प्रतिपक्षी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर सरकार संसदको रुलिङ नमान्दै पन्छिन खोजिरहेको बताउँछन् ।
नेतृत्वले ठोस निर्णय गर्न नसक्दा बैठक पटक पटक सर्दा सांसदहरु भने हैरान भएका छन् । संसदमा विचाराधिन विधेयकहरु अलपत्र परेका छन् । राष्ट्रिय महत्वको विविध विषयमा संसदमा छलफल भइ जनपक्षीय काम हुनुपर्ने बेला संसद बैठक स्थगित हुँदा आम जनतामा समेत संसद माथिको अपेक्षा निराशाजनक भएको छ । सहमती गरी संसद बैठक नियमित सञ्चालन गर्नु अहिलेको अपरिहार्यता हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com