काठमाडौं,१७ साउन । नेपाल र चीनले भूगोल, जनसंख्या, अर्थतन्त्र र राजनीतिक प्रणाली भिन्न भएर पनि निरन्तर सौहाद्र, मैत्रीपूर्ण र असल छिमेकीको सम्बन्ध कायम राख्न सकिन्छ भन्ने नमुना प्रस्तुत गरेका छन् ।
इतिहास, संस्कृति र नदीनालाले जोडिएका नेपाल र चीनबीच शताब्दीयौदेखि सभ्यता तथा सांस्कृतिक आदान–प्रदानको प्रक्रिया अटुट रूपमा चलिआएको छ । एक–अर्काको सार्वभौमसत्ता, आपसी चासो र संवेदनशीलतालाई सम्मान गर्दै पञ्चशीलको सिद्धान्तका आधारमा हुने व्यवहार नै नेपाल चीन सम्बन्धको आधारभूत विशेषता हो । जतिसुकै सरकार र राजनीतिक प्रणाली परिवर्तन भए पनि एक चीन नीति र नेपाली भूमिमा चीनविरोधी गतिविधि नसहने नेपालको प्रतिबद्धता अविच्छिन्न छ । तर, नेपालले ठोस परराष्ट्र नीतिको अबलम्बन गरि दुवै छिमेकी मुलुकसहित मित्र राष्ट्रसंग राजनीतिक तथा आर्थिक कुटनीति अझै गतिशिल नभएको विज्ञ बताउछन् ।
सन् १९५५ अगस्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयताका ६४ वर्षमा नेपाल र चीनका प्रत्येक नेतृत्वले द्विपक्षीय सम्बन्धलाई निरन्तर विकसित र प्रवद्र्धित गर्दै आएका छन् । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको यो ६४औँ वर्ष ऐतिहासिक रह्यो । यही अवधिमा दुई मुलुकका नेतृत्वबीचको आपसी सम्बन्ध र विश्वास उच्चतम तहमा विकसित भएको छ ।
नेपालको आर्थिक, सामाजिक विकासका लागि चीनले निरन्तर महत्वपूर्ण विकास साझेदारका रूपमा सहायता प्रदान गरिरहेको छ । चीनका तर्फबाट विकास सहायता सरकारी पद्धति र तहबाटै सर्तरहित रूपमा उपलब्ध गराइनु अर्को उल्लेखनीय विशेषता हो । त्यसप्रकारका आर्थिक, सामाजिक सहायता नेपालको भौतिक पूर्वाधार, यातायात, ऊर्जा, शिक्षा, स्वास्थ्य र मानव संसाधन विकासलगायत क्षेत्रमा उपयोग भइरहेको छ । दुवै मुलुकले आ–आफ्ना प्रतिकूलता वा अनुकूलताका समयमा पनि एक–अर्काप्रतिको सहयोग र सद्भावमा कुनै कमी ल्याएका छैनन्। वास्तवमा नेपाल र चीन विश्वासिला मित्र, असल छिमेकी र भरपर्दा साझेदार हुन् । दुई देशको सम्बन्ध नङ र मासुजस्तै बन्न पुगेको छ ।
जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्षको अवधिमा चीनले चामत्कारिक विकास गरेको छ । यही अवधिमा लगभग ७० करोडभन्दा बढी जनसंख्या गरिबीको रेखाबाट माथि ल्याउन सफल चीनले सिंगो एक अर्ब ४० करोड जनसंख्याको जीवनस्तरमा व्यापक सुधार ल्याएको छ ।
विगत चार दशकको विश्वको गरिबी निवारणमा चीनको मात्रै योगदान लगभग ८० प्रतिशत छ र विगत केही वर्षमा विश्वको कुल आर्थिक वृद्धिमा चीनको योगदान ३० प्रतिशत जति छ । चीनको यो चामत्कारिक विकास भएको छ । तर हामीले असल छिमेकीसंगको आर्थिक कुटनीतिको माध्यमबाट लाभ भने अझै लिन सकेका छैनौ । राजनीतिकसंगै आर्थिक कुटनीतिको माध्यमबाट नेपाल चीनबीच व्यापार, पर्यटन, उद्योग लगानी लगायतको प्रवद्र्धन गर्न सक्नुपर्छ, द्धिपक्षीय हितमा कुशलता प्रदर्शन गर्न ल्याकत देखाउन सक्नु अहिलेको बामपन्थी सरकारको अनिवार्य दायित्व हो ।
चीनले अन्तर्रा्ष्ट्रिय सहयोगलाई थप विस्तार गर्न विगत १२ महिनाको अवधिमा अन्तर्रा्ष्ट्रिय महत्वका थुप्रै फोरम आयोजना ग¥यो । विकासशील मुलुकको विकासका लागि स्रोतको उपलब्धता दुरुह भइरहेको वर्तमान अवस्थामा गत अप्रिलमा बेइजिङमा चीनले आयोजना गरेको दोस्रो अन्तर्रा्ष्ट्रिय बेल्ट एन्ड रोड सहयोग फोरम २०१९ ले विकासशील देशको आर्थिक सामाजिक विकासका लागि बहुमूल्य स्रोत जुटाउन सहयोग पुग्ने बलियो भरोसा जगाएको छ ।
चिनियाले बौद्धदर्शनको आदान–प्रदानमार्फत दुई देशबीचको सांस्कृतिक सम्बन्धको जग बसाल्न अद्वितीय भूमिका निर्वाह गरे । चीनको गान्सु प्रान्तको तुनावाङमा संरक्षित विश्वकै दुर्लभमध्ये एक मानिने गुफाचित्र नेपाली कलाकारले बनाएका थिए । नेपाली विख्यात वास्तुविद् अरनिको र उनको टोलीले चीनका धेरै स्थानमा स्तुपा, चैत्य, बुद्धका आकृति, मूर्ति र भित्तेचित्र बनाएर चीनमा १३औँ शताब्दीमा वास्तुकलाको विकासमा ठूलो योगदान दिएका छन्। सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि शताब्दीयौँ पुरानो सांस्कृतिक र जनस्तरको सम्बन्ध थप मजबुत र सुदृढ बनेको त छ नै बलियो आपसी सम्बन्धबाट दुवै देश र जनता लाभान्वित भएका छन् ।
चीनको राजधानी बेइजिङको मध्यभागमा रहेको आकर्षक ह्वाइट प्यागोडा र सान्सी प्रान्तको उथाइसानको प्यागोडा पनि १३औं शताब्दीमा अरनिकोकै टोलीले निर्माण गरेको थियो । यी र अन्य विभिन्न कला, कृति, गुम्बा, चैत्यका माध्यमबाट नेपाली कला र वास्तुलाई चीनमा जीवन्त राख्नका लागि कलाकार अरनिको र उनको समूहको निकै महत्वपूर्ण भूमिका रहेको छ । सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि शताब्दीयौं पुरानो सांस्कृतिक र जनस्तरको सम्बन्ध थप मजबुत र सुदृढ बनेको त छ नै बलियो आपसी सम्बन्धबाट दुवै देश र जनता लाभान्वित भएका छन् ।
नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको यो ६४औं वर्ष नेपाल–चीन सम्बन्धका दृष्टिले ऐतिहासिक र स्मरणीय रहेको छ । गत अप्रिल अन्तिम साता संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएयता नेपालको गणतान्त्रिक राष्ट्रपतिको चीनमा पहिलो राजकीय भ्रमण सम्पन्न भयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीनको पहिलो ऐतिहासिक राजकीय भ्रमणको अवसरमा चिनियाँ समकक्षी सी जिनफिङ र अन्य नेतासँग महत्वपूर्ण भेटवार्ता भयो । भ्रमणका अवसरमा चीनको भूमिबाट नेपालले प्राप्त गर्ने पारबहन सुविधासम्बन्धी प्रोटोकल, गुणस्तर प्रमाणीकरण प्रयोगशाला तथा जनशक्ति विकाससम्बन्धी सम्झौता र चीनबाट नेपालका लागि प्राप्त हुने अनुदान सहायतालाई एक अर्ब युआन पु¥याउनेसम्बन्धी सम्झौतालगायत ऐतिहासिक र आर्थिक महत्वका सम्झौतामा हस्ताक्षर भएको थियो ।
साथै अप्रिल २६ र २७ मा आयोजना भएको दोस्रो बेल्ट एन्ड रोड फोरममा नेपालका तर्फबाट राष्ट्रपतितहमा सहभागिता तथा सम्बोधन भयो र फोरममा राष्ट्र तथा सरकार प्रमुखका तर्फबाट जारी संयुक्त वक्तव्यमा नेपाली नागरिकको विकासको अपेक्षा प्रतिविम्बित हुनु भ्रमणको एउटा महत्वपूर्ण उपलब्धि हो । साथै दौत्य सम्बन्ध कायम भएको यो ६४औं वर्षको विगत १२ महिनाको अवधिमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, अन्य मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, संसद सदस्य, प्रधानसेनापति, नेपाल सरकारका उच्च अधिकारी, सञ्चारजगत विश्वविद्यालय तथा प्रतिष्ठानका प्राज्ञ, प्राध्यापक तथा पदाधिकारी एवं समाजका अन्य लब्धप्रतिष्ठितबाट थुप्रै भ्रमण आदान–प्रदान भए ।
दुई मुलुकबीचको उच्च राजनीतिक समझदारीलाई थप मजबुत बनाउन, जनस्तरमा सम्बन्धलाई बलियो बनाउन तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न ती भ्रमण सफल भएका छन् । साथै, चीनका केन्द्र सरकार तथा विभिन्न प्रान्त र संघसंस्थाबाट राजनीतिक, आर्थिक र सांस्कृतिक टोलीले गरेका नेपाल भ्रमण पनि हामीबीचको सम्बन्धलाई थप गतिशील बनाउन र नयां उचाइमा लैजान सहायकसिद्ध भएका छन ।
यही अवधिमा बहुआयामिक सहकार्यलाई अघि बढाउन विभिन्न स्तरमा थुप्रै सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएका छन् । गत वर्षजस्तै आगामी दिनमा दुवैतर्फबाट उच्च तहको भ्रमण आदान–प्रदानले निरन्तरता पाउने अपेक्षा गर्न सकिन्छ । नेपाली जनता चीनबाट हुने उच्च राजनीतिक भ्रमणको स्वागतका लागि सधैं तत्पर र प्रतीक्षारत छन् । यसर्थ नेपाली राजनीतिक नेतृत्वले दुवै देशका हितका लागि नेपालको तर्फबाट कुशल आर्थिक कुटनीतिक क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । इतिहासको गीत गाएर मात्रै सम्वृद्धि संभव छैन । यसतर्फ नेतृत्वको ध्यान जान सकोस् ।
गत वर्ष नेपालमा वैदेशिक लगानीको स्रोत मुलुकका रूपमा चीन शीर्ष स्थानमा रह्यो भने पर्यटनका लागि दोस्रो ठूलो स्रोत मुलुक बनिसकेको छ । त्यसो त विनाशकारी गोरखा भूकम्पपछिको पुनर्निर्माण सहायता प्रदान गर्ने मुलुकको शीर्ष स्थानमा पनि चीन नै रहेको छ । दुईपक्षीय सम्बन्धलाई पञ्चशीलको सिद्धान्तका आधारमा अगाडि बढाउने, संयुक्त राष्ट्र संघको भूमिकालाई प्रभावकारी बनाउने, अन्तर्रा्ष्ट्रिय कानुनमा आधारित विश्व व्यवस्थाको प्रवद्र्धन गर्ने, समावेशी र समन्यायिक विकासको वकालत गर्ने तथा बहुपक्षीयताको प्रवद्र्धन गर्नेजस्ता विषयमा नेपाल र चीनले सबैजसो विश्व तथा क्षेत्रीय मञ्चमा समान धारणा राख्दै आएका छन् ।
विकासशील मुलुकको विकासका लागि स्रोतको उपलब्धता दुरुह भइरहेको वर्तमान अवस्थामा गत अप्रिलमा बेइजिङमा चीनले आयोजना गरेको दोस्रो अन्तर्रा्ष्ट्रिय बेल्ट एन्ड रोड सहयोग फोरम २०१९ ले विकासशील देशको आर्थिक सामाजिक विकासका लागि बहुमूल्य स्रोत जुटाउन सहयोग पुग्ने बलियो भरोसा जगाएको छ ।गत मे महिनामा बेइजिङमा भव्य रूपमा सम्पन्न एसियाली सभ्यता सम्मेलन एसिया क्षेत्रको विविध सभ्यताको सम्मान र प्रवद्र्धनबाट आपसी सद्भाव बढाउन सघाउने एउटा महत्वपूर्ण मञ्च बन्यो । गत नोभेम्बरमा विकसित र विकासशील देशबाट चीन हुने आयातलाई थप प्रवद्र्धन गर्न संघाईमा प्रथम चिनियाँ अन्तर्रा्ष्ट्रिय आयात मेला सम्पन्न भएको थियो भने अबको एक सय दिनभित्रै दोस्रो चिनियाँ अन्तर्रा्ष्ट्रिय आयात मेला आयोजना हुँदै छ ।
छिमेकी चीनमा भइरहेका यी सामाजिक र आर्थिक क्रियाकलाप तथा विकासका नवीनतम अभ्यास एवं अभियानबाट नेपालले पर्याप्त लाभ लिन आवश्यक छ ।चीनसंगको छिमेकी सम्बन्ध जति राम्रो छ, त्यसको लाभ लिन अझै सकिएको छैन, २०४६ राजनीति परिवर्तनपछि राजनीतिक अस्थिरतामा मुलुक फस्दै आयो, तर संघीय नेपालको पहिलो निर्वाचनले राजनीतिक स्थायीत्व कायम भएको छ । राजनीति स्थिरताको अवसरमा नेपालले आर्थिक कुटनीतिको कला प्रदर्शन गर्नुपर्दछ ।
वर्तमान सरकारले वैदेशिक लगानी र प्रविधि भित्रर्याउन महत्वपूर्ण सुधारका कदम चालेको छ । समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न र नेपालीको विकास चाहनालाई मूर्त रूप दिनका लागि आन्तरिक स्रोतको अधिकतम सदुपयोग र छिमेकी देश र अन्तर्रा्ष्ट्रिय समुदायबाट अधिकतम भौतिक र नैतिक सहायता जुटाउनु अनिवार्य छ । यो परिप्रेक्ष्यमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेको विकासको चाहनालाई पूरा गर्न चीनस“गको साझा हितका आर्थिक, सामाजिक, सांस्कृतिक र जनशक्ति विकाससम्बन्धी कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउन जरुरी छ ।चीनले पछिल्लो दशकमा गरिबी निवारण र भौतिक पूर्वाधारको चामत्कारिक विकासमा हासिल गरेको अनुभव एवं विज्ञता र छिमेकीलाई सघाउने चीनको नीति नेपालका लागि ठूलो अवसर हो । नेपाल बेल्ट एन्ड रोड इनिसियटिभको एक महत्वपूर्ण साझेदार भएको नाताले चीनसँगको सहकार्य थप सहज भएको छ ।
पछिल्लो समयमा दुई देशबीच पूर्वाधार निर्माण र कनेक्टिभिटी विस्तार गर्न भएका उच्चस्तरीय समझदारीलाई कार्यान्वयन गर्न प्राथमिकता तय गर्ने, परियोजना विकास गर्ने र कार्यान्वयनका लागि उपयुक्त प्रणाली वा संरचना निर्माण गर्ने कार्यलाई तीव्रता दिई समयबद्ध ठोस नतिजा हासिल गर्नु नेपालको अहिलेको आवश्यकता हो ।
समयको गतिस“गै प्राप्त अवसरले अवसर कसैलाई पर्खंदैन । भूपरिवेष्ठित मुलुक नेपाललाई बाह्य व्यापार र पारवहनलाई विविधीकरण गर्न सीमा वारपार रेलमार्ग निर्माण अपरिहार्य र आधारभूत आवश्यकता हो । सरकार र प्रमुख प्रतिपक्षीलगायत सबैजसो राजनीतिक दलले गत निर्वाचनमा जनतासँग भोट माग्न जा“दा आफ्ना घोषणापत्रमा चीनस“ग रेल विस्तार गर्ने वचनबद्धता गरेका छन् ।
रेलवे परियोजना प्रमुख प्रतिपक्षी दलको समेतको साझा योजना हो । भूपरिवेष्ठित मुलुकका लागि वर्तमान आर्थिक क्रियाकलापका आवश्यकतालाई पूरा गर्न र बाह्य विश्वको अर्थतन्त्रसंग नेपाललाई आबद्ध गर्न रेलवेको कुनै विकल्प छैन । हिमाल वारपार गर्ने रेल सेवा आफैमा विश्वको एक प्रमुख आकर्षक पर्यटकीय वस्तु बन्नेछ र नेपालकोे हालको पर्यटन विकासको अवस्थालाई गुणात्मक फड्को मार्न सघाउनेछ । रेलको विस्तारले नेपालको औद्योगिक उत्पादन प्रणालीलाई बाह्य उत्पादन प्रणालीको मूल्य शृंखलामा जोड्न सघाउनेछ ।
जलविद्युत नवीनतम ऊर्जा, कृषि, जडीबुटी र परम्परागत औषधिमा हामीस“ग भएको अपार सम्भावनालाई उपयोग गर्न चीनको सहयोग वा सहकार्य आवश्यक छ । चीनसंगको सहकार्यबाट नेपालमा हुने विकासले हाम्रा छिमेकीसमेत लाभान्वित हुनेछन् । छिमेकीलाई विकासको पथमा संगसँगै लैजान चीनसंग बृहत् अनुभव र क्षमता मात्र होइन, चाहना पनि छ भन्ने नेपाली जनताको विश्वास हो । नेपालको सामाजिक आर्थिक विकासले यस क्षेत्रको समग्र विकास र स्थायित्वमा योगदान दिने भएका कारण चीनसंगको सहकार्यमा हासिल हुने विकास लाभको सहकार्य पनि हो । तसर्थ, जनताले चाहेको विकास र समृद्धिको सपना साकार पार्न तथा समावेशी एंव दीगो विकासका लागि नेपाल र चीनबीचका पारस्परिक लाभमा आधारित सहकार्य अहिलेको एक अपरिहार्य आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्