ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेल टावरमा आगजनी


admin


बाँके, १६ साउन । बाँकेसहित देशका विभिन्न जिल्लामा अज्ञात समूहले एनसेलका टावरहरुमा आगजनी गरेको छ ।
नेपाल प्रहरीका अनुसार देशका दुई दर्जनभन्दा बढी एनसेलका टावरमा बुधबार राती अज्ञात समूहले आगजनी गरेको हो । बाँकेमा पनि दुई स्थानमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिका २० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका–४ मेहमानपुर कम्दीमा रहेको टावरमा आगजनी गरिएको बाँके प्रहरीले जनाएको छ । एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । आगजनीबाट टावरका तारहरुमा क्षति पुगेको उनले बताए । बाँकेसहित अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, रुपन्देही, कैलाली, नवलपरासी (पूर्व), सिन्धुपाल्चोक, डडेल्धुरा, पर्वत, म्याग्दी र बाग्लुङमा समेत एनसेलका टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

विस्फोट तथा आगजनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सक्ने अनुमान प्रहरीको छ । नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेपछि पार्टीले बुधबार बन्दको घोषणा गरेको थियो । बन्द सकिएको राति देशभर आगजनी र तोडफोडका घटना भएका हुन् । आगजनी गर्ने समूहको खोजी कार्य जारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com