ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेल टावरमा आगजनी


admin
श्रावण १६, २०७६ बिहीबार   १२ : १४   बजे


बाँके, १६ साउन । बाँकेसहित देशका विभिन्न जिल्लामा अज्ञात समूहले एनसेलका टावरहरुमा आगजनी गरेको छ ।
नेपाल प्रहरीका अनुसार देशका दुई दर्जनभन्दा बढी एनसेलका टावरमा बुधबार राती अज्ञात समूहले आगजनी गरेको हो । बाँकेमा पनि दुई स्थानमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिका २० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका–४ मेहमानपुर कम्दीमा रहेको टावरमा आगजनी गरिएको बाँके प्रहरीले जनाएको छ । एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । आगजनीबाट टावरका तारहरुमा क्षति पुगेको उनले बताए । बाँकेसहित अर्घाखाँची, धादिङ, कपिलवस्तु, झापा, रुपन्देही, कैलाली, नवलपरासी (पूर्व), सिन्धुपाल्चोक, डडेल्धुरा, पर्वत, म्याग्दी र बाग्लुङमा समेत एनसेलका टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

विस्फोट तथा आगजनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हुन सक्ने अनुमान प्रहरीको छ । नेता कार्यकर्ता पक्राउ पर्ने क्रम बढेपछि पार्टीले बुधबार बन्दको घोषणा गरेको थियो । बन्द सकिएको राति देशभर आगजनी र तोडफोडका घटना भएका हुन् । आगजनी गर्ने समूहको खोजी कार्य जारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group