ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाफा समुहद्रारा ब्लड क्यान्सर र मृगौला पिडितलाई आर्थिक सहयोग


sharan sharan
श्रावण १६, २०७६ बिहीबार   ८ : १५   बजे

बुटवल,१६साउन । रुपन्देहीमा खेलकुद गतिविधिसंगै सामाजिक कार्यमा अग्रसर रहदै आएको लाफा समुहले दुई जना बिरामीलाई ४४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । लाफा समुहले ब्लड क्यान्सर र मृगौला पिडित दुइजनालाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
बिगत दुई वर्ष देखि ब्लड क्यान्सरबाट पिडित स्याङ्गजा घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका लाफा समुहका सक्रिय सदस्य प्रदिप श्रेष्ठको ५ बर्षिय छोरी आयुष्मा श्रेष्ठको उपचारका लागि २२ हजार आर्थिक सहयोग गरेको छ ।
त्यस्तै क्लबले पाल्पा रामपुर घर भई हाल बुटवल सुख्खानगर बस्दै आएका समुहका सदस्य २८ बर्षिय रेम बहादुर ठकुरीलाई पनि समुहले नगद २२ हजार सहयोग गरेको छ ।
ठकुरी वैदेशिक रोजगारको लागि साउदि अरब र कतार गएका थिए । कतारमा रहदा नै उनि बिरामी भएपछि कम्पनीले उनलाई डेढ बर्ष अगाडी नेपाल पठाएको थियो । नेपाल आएर चेक गर्दा दुबै मृगौला फेल भइ सकेको ठकुरी सुनाउछन ।
उनले भने “घरमा स साना दुई छोरी र श्रीमति छिन उनिहरुलाई कमाएर खुवाउने बेलामा मेरो यस्तो हालत छ विदेशमा अलि अलि कमाएको पैसा पनि सबै उपचारमा सकियो मृगौला दिने कोहि भेटिएको छैन हप्ताको एक पटक डाइलाइसेस गर्नुपर्छ भएको सबै सकियो आफन्त र साथिभाईहरुको सहयोगले अहिले सम्म डाइलाइसिस गरेको छु” । उनले थपे “सधै उहि साथिहरुले कति सहयोग गर्न सक्छन र ? त्यसैले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालिहरुमा सानो आर्थिक सहयोग माग्दछु हजुरहरुको सानो सहयोगले मेरो परिवारमा रहेको ४ जनाको उद्धार हुनेछ” ।
श्रेष्ठ र ठकुरीको उपचारका लागि थप आर्थिक सहयोग जुटाइदिन क्लबका संरक्षक बासुदेब लामिछानेले सबैलाई आग्रह समेत गरेका छन ।
समुहले विभिन्न समयमा यस्तै आर्थिक अबस्था कमजोर भएका बिरामी र निहरुको परिवारलाई आर्थिक सहयोग गर्दै आएको समुहका अध्यक्ष तारासिंह रेश्मीले बताए ।
समुहले विभिन्न सामाजिक काम गर्दै आएको छ भने बर्षमा दुई पटक रक्तदान गर्ने गरेको छ । समुहले खेलकुदको क्षेत्रमा भलिबल, फुटवल र विषेश गरी ब्याडमिन्टनका ६० जना खेलाडीहरुलाइ तालिम दिदै अएको छ । समुहमा ८० जना सदस्यहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group