ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्रेषण आयले दीर्घकालसम्म अर्थतन्त्र धान्दैन


एबीसी न्यूज
श्रावण १०, २०७६ शुक्रबार   ५ : ४२   बजे

 

काठमाडौ,१० साउन । विप्रेषण आयले देशको अर्थतन्त्र दीर्घकालसम्म सञ्चालन नहुने यथार्थ औँल्याउँदै अर्थतन्त्रका जानकारहरुले कृषि क्षेत्र र उद्यमशीलताको विकासबाटै आर्थिक उन्नयन सम्भव हुने बताएका छन् । सङ्घीयतामा मुलुक प्रवेश गरेको चार वर्षको अवधिमा सामाजिक आर्थिक विकासका दृष्टिले स्थानीय तहलाई संरचनागत रुपमा नै सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

पेट्रोलियम पदार्थको आयात, वस्तुको ढुवानी, स्वदेशी उत्पादनको बजार प्रवद्र्धन र तिनलाई बजारसम्म सहज रुपमा पु¥याउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमा योगदान हुन नसकेको उनीहरुको ठम्याइ छ । भौतिक पूर्वाधारमा गुणस्तरको कमी, त्यसको गुणस्तर निरीक्षणमा इमान्दारी नहुँदा गलत प्रवृत्तिले प्रश्रय पाएको कटु यथार्य औँल्याउँदै उनीहरुले लघु, साना र मझौला उद्योगलाई प्रवद्र्धन गर्दै त्यसमा अधिकभन्दा अधिक महिला सहभागिता जुटाउनुपर्ने अपरिहार्यता पनि औँल्याए ।

मुद्रास्फीतिलाई आठ प्रतिशतभन्दा माथि जान नदिने प्रयास हुन नसक्दा उपभोक्ता मूल्यवृद्धिले सर्वसाधारण थिचिएका यथार्थ प्रस्तुत गर्दै उनीहरुले कृषि क्षेत्रको विकास र आधुनिकीकरणबाट मात्रै नेपालको अर्थतन्त्र उकालो लाग्ने बताए ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दलित, जनजातिलगायत नेपालका विविध जातिलाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरेर कृषि कर्मलाई अघि नबढाएसम्म लक्ष्यित आर्थिक विकास हासिल नहुने बताउनुभयो । कृषिप्रधान अर्थतन्त्रलाई साना तथा मझौला उद्योगका माध्यमबाटै उजिल्याउन सकिने विचार व्यक्त गर्दै उहाँले संरचनागतरुपमा नै नीतिगत परिवर्तनसँगै तिनलाई कार्यान्वयन गर्न जरुरी भएको बताउनुभयो । उहाँले जटिल भू–राजनीतिक परिस्थितिमा रहेको नेपालले भारत र चीनसँगको मूल्य शृङ्खलासँग सामाञ्जस्यता कायम गरी विकासको बाटोमा अग्रसर हुन सक्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले कृषि अर्थतन्त्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै त्यसमा विदेशी लगानी ल्याउन पनि पछि पर्न हुँदैन भन्नुभयो । उहाँले राष्ट्रिय पूँजी निर्माण, मितव्ययी कार्यपद्धतिको पैरवी गर्दै प्रधानमन्त्री निवास, मन्त्री निवास, हेलिकप्टर खरिदजस्ता अनुत्पादक क्षेत्रमा अधिक लगानी हुँदा अर्थतन्त्रलाई टेवा नपुग्ने विचार व्यक्त गर्नुभयो ।

अर्का पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले औद्योगिकीकरणको प्रारम्भिक बिन्दु कृषि क्षेत्र भएकाले कृषिको रुपान्तरणलाई व्यवहारमा नै उतार्नु पर्नेमा जोड दिनुभयो । उहाँले सुशासन प्रवद्र्धनका लागि देशका सबै राजनीतिक दलमा आबद्ध व्यक्तिले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने आवश्यका औँल्याउनुभयो ।

त्यस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले २२ वटा कुखुरा पाल्नेलाई किसानका रुपमा चित्रित गर्ने केन्द्रीय तथ्याङ्क विभागको परिभाषा परिवर्तन भएको बताउँदै उहाँले नीतिगत रुपमा नै कृषिको विकास र त्यसमा नीतिको अक्षरशः पालना नभएसम्म अर्थतन्त्रमा कृषिको योगदान नगण्य रहने विचार व्यक्त गर्नुभयो । “करेसाबारी राखेर कृषि कर्म गरेको मानिने छैन्”, उहाँले भन्नुभयो ।

पूर्वअर्थमन्त्री डा भेषबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकीकृत विकास अध्ययन प्रतिष्ठानको प्रकाशन ‘नेपाल आर्थिक परिदृश्य’ सार्वजनिक गरिएको थियो । परिदृश्यमा कृषि उत्पादन, अविछिन्न विद्युत् प्रवाह, भूकम्पपछिको द्रुत पुनःनिर्माण तथा देशका विभिन्न भागमा भौतिक पूर्वाधार निर्माणका आयोजनाले गति लिएका कारण कुल गार्हस्थ्य उत्पादन जिडिपी मा ६.८१ प्रतिशतको योगदान रहेको उल्लेख छ ।

आर्थिक वर्ष २०७४/७५ मा जिडिपीमा उक्त क्षेत्रका ६.३ प्रतिशत योगदान थियो । गत आवमा कृषि क्षेत्रमा ५.३ प्रतिशत, सेवा क्षेत्रमा ७.९ प्रतिशत र उत्पादन क्षेत्रमा ८.१५ प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group