ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालमन्दिरमा धाई आमा बढ्दै, बेवारिसे अवस्थामा शिशु तथा बालबालिका भेटिएमा १०४ वा १०० मा सिधैं सम्पर्क (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौ,१० साउन । बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुदेखि टुहुरा तथा सडक बालबालिकाको लालन–पालन गर्दै आएको नक्सालस्थितको बालमन्दिरमा स्तनपान अभियानप्रति सबैको आकर्षण बढेको छ । गत वर्षको फागुनदेखि सुरु भएको यो अभियानमा हालसम्म स्तनपान गराउनेको संख्या ६ जना पुगेको छ ।

ललितपुरको इमाडोलमा फालिएको अवस्थामा भेटिएका एक शिशुलाई स्थानीयबासिन्दाले उद्दार गरी नक्सालस्थित बालमन्दिरलाई बुझाए । निकै कम तौल भएका र कुपोषित अवस्थाका ती शिशुलाई नाइटो सुन्निने अम्बिलिकल हर्नियु भनिने रोगको लक्षण देखिएपछि शिशुलाई बोतलको माध्यमबाट दुध पिलाउन थालियो ।

तर, बोतलको दुध पेटसम्म पनि नपुग्ने, बरु उल्टै नाकबाट दुध निस्किने भएपछि डाक्टरले उनलाई उपचारको लागि आमाको दुध खान सुझाए । आमा नभएपछि अनिता कुम्पाखाले ती शिशुलाई दुध खुवाउन थालिन् । प्रमिस नाम दिइएका ती बालकले धाईआमाको मातृस्नेह प्राप्त गर्न थाले ।बालमन्दिरका टुहुरा नवजात शिशुलाई सुत्केरी आमाहरुले नै दुध दिने सत्कर्म यहीबाट सुरु भयो ।

नक्सालस्थितको यो बाल मन्दिरमा अहिले ९३ जना बेवारिसे बालबालिकाहरु छन् । जसमध्ये १७ जना शिशुहरु छन् भने, १२ जना १८ देखि ३६ महिनाका बालबालिका छन् । बेवारिसे अवस्थामा भेटिएका शिशु तथा बालबालिकाहरुलाई प्रहरीमार्फत पनि त्यहाँ उद्धार गर्ने गरिएको छ । त्यसैगरि, अस्पतालमा छोडिएका शिशुहरु अस्पतालमार्फत र अन्य स्थानमा भेटिएकालाई स्थानीय, वडा, नगरपालिकामार्फत बालमन्दिर पु¥याईने गरिएको छ । यसरी बेवारिसे अवस्थामा शिशु तथा बालबालिका भेटिएमा १०४ वा १०० मा सिधैं सम्पर्क गरि प्रहरी मार्फत उद्धार गर्न सकिने बाल मन्दिरले जनाएको छ ।

वि.सं.२०२१ सालमा तत्कालिन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहद्धारा स्थापित बालमन्दिर देशैभर १० ओटा छन् । अनिता कुम्पाखाबाट सुरु गरिएको टुहुरा शिशुहरुलाई स्तनपानको अभियानमा हालसम्ममा ६ जना आमाहरु पुगेका छन् । घरायसी समस्या लगायत विभिन्न कारणवश ती आमाहरुले चाहेर पनि निरन्तर स्तनपान गराउन सकिरहेका छैनन् ।

तसर्थ, यो स्तनपान अभियानलाई थप विस्तृत बनाउन काठमाडौं महानगरपालिकाको वडा–वडामा जनचेतनामूलक कार्यक्रम तथा गतिविधिहरु समेत सञ्चालन गर्ने भनिएपनि अझै पुरा भएको छैन । विशेषगरी कुपोषित, तौल कम भएकाहरुलाई यस्ता आमाले स्तनपान गराईरहेका छन् । तर पनि शिशुहरुलाई दुधको प्यास लागेको बेलामा भन्ने बित्तिकै आमाको दुध खान पाउने अवस्था भने अझै छैन । यसरी स्तनपान गराउने आमाका लागि बालमन्दिरमै रोजगार र आवाससहितको योजना अगाडी बढाउने आन्तरिक छलफल भईरहेको बालमन्दिरका निर्देशक बालकृष्ण डंगोलले बताए ।

लगभग २५ देखि ३० उमेर समूहका सुत्केरी आमाहरुले आफ्नो सन्तानसँगसँगै बढी भएको दुध यस बाल मन्दिरका टुहुरा शिशुहरुलाई खुवाईरहेका छन् । काठमाडौंको सुन्दरजल, चाबहिल, बालुवाटार ललितपुर लगायतका स्थानबाट आफ्ना बच्चा बोकेरै ती धाईआमाहरु यहाँ स्तनपान गराउन आउँछन् । बालमन्दिरकै कतिपय महिला कर्मचारीले पनि स्वईच्छाले टुहुरा शिशुहरुलाई स्तनपान गराईरहेका छन् । अरु ईच्छुक आमाहरुलाई पनि आफ्नो बच्चालाई बढी भएको दुध खुवाउन सुझाउछन् । सुरुमा काखैमा हराउने जस्ता बच्चाहरु अहिले आफ्नै जस्ता स्वस्थ र फूर्तिला भएको महसुस उनीहरुले गरेका छन् ।

प्रमिस जस्तै छ महिना मुनिका १५ बच्चाले आमाको दूध खान पाएका छन् । अहिले पनि तीनदेखि पाँच महिलाहरू नियमित जसो बालमन्दिर पुग्छन् । कोही दैनिक त कोही दिन बिराएर ती बालबालिकालाई स्तनपान गराईरहेका छन् । यी आमाहरुले स्तनपान गराएसँगै बालमन्दिरका कुपोषित र कम तौल भएका त्यस्ता शिशुहरुको स्वास्थ्यमा पनि सुधार हुदै गएको छ । यसर्थ मनकारी आमाहरुको लागि जनचेतना मात्रै होइन राज्यले विशेष कार्यक्रम नै संचालन गर्न आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com