ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालमन्दिरमा धाई आमा बढ्दै, बेवारिसे अवस्थामा शिशु तथा बालबालिका भेटिएमा १०४ वा १०० मा सिधैं सम्पर्क (भिडियोसहित)


एबीसी न्यूज
श्रावण १०, २०७६ शुक्रबार  १२ : १३ बजे


काठमाडौ,१० साउन । बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुदेखि टुहुरा तथा सडक बालबालिकाको लालन–पालन गर्दै आएको नक्सालस्थितको बालमन्दिरमा स्तनपान अभियानप्रति सबैको आकर्षण बढेको छ । गत वर्षको फागुनदेखि सुरु भएको यो अभियानमा हालसम्म स्तनपान गराउनेको संख्या ६ जना पुगेको छ ।

ललितपुरको इमाडोलमा फालिएको अवस्थामा भेटिएका एक शिशुलाई स्थानीयबासिन्दाले उद्दार गरी नक्सालस्थित बालमन्दिरलाई बुझाए । निकै कम तौल भएका र कुपोषित अवस्थाका ती शिशुलाई नाइटो सुन्निने अम्बिलिकल हर्नियु भनिने रोगको लक्षण देखिएपछि शिशुलाई बोतलको माध्यमबाट दुध पिलाउन थालियो ।

तर, बोतलको दुध पेटसम्म पनि नपुग्ने, बरु उल्टै नाकबाट दुध निस्किने भएपछि डाक्टरले उनलाई उपचारको लागि आमाको दुध खान सुझाए । आमा नभएपछि अनिता कुम्पाखाले ती शिशुलाई दुध खुवाउन थालिन् । प्रमिस नाम दिइएका ती बालकले धाईआमाको मातृस्नेह प्राप्त गर्न थाले ।बालमन्दिरका टुहुरा नवजात शिशुलाई सुत्केरी आमाहरुले नै दुध दिने सत्कर्म यहीबाट सुरु भयो ।

नक्सालस्थितको यो बाल मन्दिरमा अहिले ९३ जना बेवारिसे बालबालिकाहरु छन् । जसमध्ये १७ जना शिशुहरु छन् भने, १२ जना १८ देखि ३६ महिनाका बालबालिका छन् । बेवारिसे अवस्थामा भेटिएका शिशु तथा बालबालिकाहरुलाई प्रहरीमार्फत पनि त्यहाँ उद्धार गर्ने गरिएको छ । त्यसैगरि, अस्पतालमा छोडिएका शिशुहरु अस्पतालमार्फत र अन्य स्थानमा भेटिएकालाई स्थानीय, वडा, नगरपालिकामार्फत बालमन्दिर पु¥याईने गरिएको छ । यसरी बेवारिसे अवस्थामा शिशु तथा बालबालिका भेटिएमा १०४ वा १०० मा सिधैं सम्पर्क गरि प्रहरी मार्फत उद्धार गर्न सकिने बाल मन्दिरले जनाएको छ ।

वि.सं.२०२१ सालमा तत्कालिन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहद्धारा स्थापित बालमन्दिर देशैभर १० ओटा छन् । अनिता कुम्पाखाबाट सुरु गरिएको टुहुरा शिशुहरुलाई स्तनपानको अभियानमा हालसम्ममा ६ जना आमाहरु पुगेका छन् । घरायसी समस्या लगायत विभिन्न कारणवश ती आमाहरुले चाहेर पनि निरन्तर स्तनपान गराउन सकिरहेका छैनन् ।

तसर्थ, यो स्तनपान अभियानलाई थप विस्तृत बनाउन काठमाडौं महानगरपालिकाको वडा–वडामा जनचेतनामूलक कार्यक्रम तथा गतिविधिहरु समेत सञ्चालन गर्ने भनिएपनि अझै पुरा भएको छैन । विशेषगरी कुपोषित, तौल कम भएकाहरुलाई यस्ता आमाले स्तनपान गराईरहेका छन् । तर पनि शिशुहरुलाई दुधको प्यास लागेको बेलामा भन्ने बित्तिकै आमाको दुध खान पाउने अवस्था भने अझै छैन । यसरी स्तनपान गराउने आमाका लागि बालमन्दिरमै रोजगार र आवाससहितको योजना अगाडी बढाउने आन्तरिक छलफल भईरहेको बालमन्दिरका निर्देशक बालकृष्ण डंगोलले बताए ।

लगभग २५ देखि ३० उमेर समूहका सुत्केरी आमाहरुले आफ्नो सन्तानसँगसँगै बढी भएको दुध यस बाल मन्दिरका टुहुरा शिशुहरुलाई खुवाईरहेका छन् । काठमाडौंको सुन्दरजल, चाबहिल, बालुवाटार ललितपुर लगायतका स्थानबाट आफ्ना बच्चा बोकेरै ती धाईआमाहरु यहाँ स्तनपान गराउन आउँछन् । बालमन्दिरकै कतिपय महिला कर्मचारीले पनि स्वईच्छाले टुहुरा शिशुहरुलाई स्तनपान गराईरहेका छन् । अरु ईच्छुक आमाहरुलाई पनि आफ्नो बच्चालाई बढी भएको दुध खुवाउन सुझाउछन् । सुरुमा काखैमा हराउने जस्ता बच्चाहरु अहिले आफ्नै जस्ता स्वस्थ र फूर्तिला भएको महसुस उनीहरुले गरेका छन् ।

प्रमिस जस्तै छ महिना मुनिका १५ बच्चाले आमाको दूध खान पाएका छन् । अहिले पनि तीनदेखि पाँच महिलाहरू नियमित जसो बालमन्दिर पुग्छन् । कोही दैनिक त कोही दिन बिराएर ती बालबालिकालाई स्तनपान गराईरहेका छन् । यी आमाहरुले स्तनपान गराएसँगै बालमन्दिरका कुपोषित र कम तौल भएका त्यस्ता शिशुहरुको स्वास्थ्यमा पनि सुधार हुदै गएको छ । यसर्थ मनकारी आमाहरुको लागि जनचेतना मात्रै होइन राज्यले विशेष कार्यक्रम नै संचालन गर्न आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com