ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन महिनाभित्रै पार्टी एकताको सबै काम सक्ने अध्यक्ष प्रचण्डको दाबी, स्कुल विभागको विवादले सचिवालय बैठक अलमलमा ( भिडियोसहित)


एबीसी न्यूज
श्रावण १०, २०७६ शुक्रबार  ११ : १९ बजे


काठमाडौ,१० साउन । नेकपाले एकता प्रक्रियालाई पूर्णता दिनेभने पनि स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषयमा सहमती नहुँदा काम अघि बढ्न सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन महिना भित्रै एकताका बाँकी काम सम्पन्न गरीसक्ने बताएका छन् । स्कुल विभागमा विवाद नगरी एकता प्रक्रिया छिटो सक्न नेताहरुले नेतृत्वलाई सुझाएका छन् ।

तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) को एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेको चौध महिनापछि नेताहरु पार्टी एकिकरण प्रक्रिया टुङ्ग्याउन तिव्र रुपले अघि बढेका छन् ।

द्यपी, एकता प्रक्रियाका केही विषयमा दोस्रो तेस्रो तहका नेताहरु मा अझै पनि विमति रहेको छ । शिर्ष नेताहरुको भनाई पत्याउने हो भने अबको केही दिनमा नेकपाले पार्टी एकताको सबै काम पुरा गर्नेछ । पछिल्लो समय पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकिकरणका बाँकी काम टुंग्याउन सचिवालय सदस्यका साथमा अनौपचारिक रुपमा घनिभुत छलफलमा जुटेका छन् ।

जिल्ला इन्चार्ज र सह इन्चार्ज, केन्द्रीय विभाग, मोर्चा फाँट, प्रवास, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विभिन्न प्रतिष्ठानहरूमा साबिक एमाले र माओवादी केन्द्रले ६० र ४० को अनुपात अनुुसार बाँडफाँड भइसकेको छ । साउन ५ गते बसेको सचिवालय बैठकले ७७ जिल्लाको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी टुंगो लगाइसक्यो । साथै जिल्ला कमिटीकै मान्यता पाएको ६ वटा महानगरपालिकोको पनि इन्चार्ज र सह– इन्चार्ज पाएको छ । नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम साउन महिनाभित्रै सम्पन्न गरी भदौदेखि केन्द्रीय नेताहरुलाई गाउँ गाउँमा पठाउने तयारी रहेको बताएका छन् ।

३२ वटा केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी गरिसकेका छन् । कसलाई कुन विभाग दिने भन्ने अनौपचारिक रुपमा करिब करिब टुंगो लागिसकेको छ । तर अझै पनि स्कुल विभाग कसले लिने भन्ने विषय चाहिँ पेचिलो बनेको छ । साउन ७ गते सचिवालय बैठक बोलाइएको थियो । सहमती जुट्न नसकेपछि ९ गतेको लागि सारियो । ९ गतेपनि बैठक बस्न नसकेपछि अनिश्चित कालको निम्ति बैठक सरेको छ । पूर्व एमालेले आफुहरुको भागमा परेको दाबी गरेपनि पूर्व माओवादी समुहले स्कुल विभाग आफुले पाउनुपर्ने बताइरहेको छ ।

पूर्व एमालेबाट इश्वर पोखरेलले दाबी गरेका छन् भने पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् । दुवै पक्षको आ–आफ्नो दाबीले सहमति जुट्न नसकेपछि पछिल्लो समय घनश्याम भुषाल, बेदुराम भुषालले समेत आफुलाई जिम्मेवारी दिन माग गरेका छन् । कुनै समय नेताहरुलाई थन्काउने विभाग जस्तै बनेको स्कुल विभाग पार्टी एकतापछि सबैभन्दा पेचिलो बनेको छ । यद्यपी, अध्यक्ष प्रचण्डले नेता झलनाथ खनाललाई स्कुल विभागको जिम्मा लिन आग्रह गरेको समाचार आइरहेका छन् । यो विषय टुंगो लागेपछि एकता प्रक्रियाका बाँकी काम सहजै सम्पन्न हुने देखिएको छ ।

पार्टी एकता बलियो सैद्धान्तिक जगमा भएकोले आगामी दिनमा पार्टी अझ मजबुद हुँदै जाने नेकपाका करिष्ठ नेता माधवकुमार नेपालको भनाइ छ । नेकपामा केही साता अघि नेताहरु सार्वजनिक रुपमै वैचारिक बहसमा समेत उत्रिएका थिए । नेकपाको वैचारिक लाइन स्पष्ट नभएको र दुवै पक्षले आ–आफु अनुकुल तर्क गरिरहेकाझैं देखिन्थ्यो । तथापी अहिले बहस वैचारिक रुपमा देखिएको छैन । पार्टीको वैचारिक, सैद्धान्तिक लाइन स्पष्ट गरेर राजनीतिक प्रतिवेदन प्रकाशित भइसकेकोले अब त्यसको समस्या समाधान भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउंछन । नेताहरुले स्कुल विभागको जिम्मेवारी सैद्धान्तिक वैचारिक ज्ञान भएको कुनै एक नेतालाई दिई बाँकी काम छिटो टुंग्याउन नेतृत्वलाई सुझाएका छन् ।

स्कुल विभागमा विवाद गरेर नेकपाले हात्ति छिरयो पुच्छर अड्कियो भन्ने उखानको चरितार्थ गर्नु हुँदैन । छिट्टै सहमती गरि एकता प्रक्रियालाई पूर्णता दिन सके मात्रै नेकपाका समर्थकहरुमा उत्साह भरिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com