ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षा र पहिरोले सडक सम्पर्क टुट्यो


एबीसी न्यूज

 

बलेवा, ९ साउन । केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ ।

जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिराले अवरुद्ध भएपछि बरेङमा सडक सम्पर्क टुटेको हो । बरेङदेखि धुल्लुबाँस्कोट छाप उर्लेनी सडक तीन दिनदेखि अवरुद्ध छ । उक्त गाउँपालिकाको कार्यालयदेखि गुल्मीको शान्तिपुर सडकखण्डको दाउन्ने, काल्चे र घट्टेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । “गाउँपालिकाभित्रको भन्दा छिमेकी गाउँपालिकाको सडक खण्डमा पानीले अवरोध पु¥याएका कारण हाम्रो सडक सम्पर्क टुटेको हो”, उहाँले भन्नुभयो, “निरन्तर वर्षा भइरहेकाले तत्कालै सडक खुलाउन सम्भव छैन ।”

गुल्मीको सिमानामा पर्ने उक्त गाउँपालिकाले सदरमुकाममा हुने कामबाहेक गाउँपालिका बाहिर आवतजावतका लागि बरेङ–शान्तिपुर सडक प्रयोग गर्दै आएका थिए । सो सडक एक साता पहिलेदेखि नै अवरुद्ध छ । सडक बन्द हुँदा बरेङदेखि बुटवलका लागि छुटेका सवारी साधन बरेङमै रोकिएका छन् भने बुटवलदेखि बरेङका लागि आएका यात्रुबाहक तथा मालबाहक गाडी शान्तिपुरमै रोकिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएका कारण बिरामीलाई अस्पताल पु¥याउन ठूलो समस्या भएको छ । “गाउँपालिकाका भित्री सडक त अवरुद्ध थिएन, सिङ्गो गाउँपालिका सडक सञ्जालभन्दा बाहिर भयो”, उहाँले भन्नुभयो, “हाम्रो अधिकारक्षेत्र भित्रको भए त पन्छाएर चलाउथ्यौँ, अन्य गाउँपालिकामा अवरोध रहेकाले समस्यामा परियो ।” बरेङमा सबै कच्ची सडक मात्रै छन् । पक्की सडक नभएका कारण हिलाम्मे सडकमा सवारी साधान चलाउनसमेत जोखिम हुने गरेको सवारी चालक मानबहादुर थापाले बताउनुभयो ।

बरेङसँगै जिल्लाको ताराखोला, निसीखोला र तमानखोला गाउँपालिकाका स्थानीय सडक पनि पहिरोका कारण अवरुद्ध छन् । “गाउँपालिकाको केन्द्रमा आउने सडकमा समस्या छैन रोकिँदा बनाइहाल्छौँ”, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, “स्थानीय सडक त अब दशैँका बेला मात्रै खुलाउने हो ।” स्थानीय सडक बिस्तारका क्रममा बनेका नयाँ संरचनाले गोरेटो बाटोसमेत मासिएका छन् । गोरेटो बाटोसमेत नहुँदा पैदलयात्रीलाई सास्ती परेको छ । हिलाम्मे सडक र माासिएका गोरेटो बाटोका कारण पैदल हिँड्नसमेत कठिन भइरहेको स्थानीयवासीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com