ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ्गमा ५५ करोड ४० लाख रकम फ्रिज


एबीसी न्यूज

 

बझाङ्, ८ साउन ।  बझाङ्गमा आर्थिक वर्ष २०७५/७६ मा ५५ करोड ४० लाख रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङले जनाएको छ ।
जिल्लामा गएको आर्थिक वर्षको चालू खर्च तर्फ ३९ करोड ६९ लाख ९७ हजार ८७३ र पुँजीगततर्फ १५ करोड ७० लाख १७ हजार ५८७ रुपयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक शेरबहादुर विष्टले बताए ।

संघीय सरकार र प्रदेश सरकारबाट निकासा भएको चालूतर्फ ४ अर्ब ९५ करोड ७४ लाख १६ हजार ३०३ बजेट रहेको थियो । गत आर्थिक वर्षको पुँजीगततर्फको खर्च प्रतिशत हेर्दा ८० दशमलव ४९ प्रतिशत खर्च भएको छ भने चालूतर्फको खर्च ९२ दशमलव ५९ प्रतिशत खर्च भएको हो ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा स्थानीय तहले पनि काम गर्न नसकेर रकम फ्रिज गरेका छन् । तल्कोट गाउँपालिकाले ३८ लाख ९३ हजार ४१८ फ्रिज गरेको छ भने बुंगल नगरपालिकाबाट ३ करोड २५ लाख २० हजार, सुर्मा गाउँपालिकाबाट १३ लाख ६ हजार ६ सय , केदारस्यँु गाउँपालिकाबाट ३ करोड १२ लाख ७४ हजार ६५४ रकम फ्रिज भएको छ ।

यसका साथै थलारा गाउँपालिकाबाट २ करोड ८३ लाख ५८ हजार ८२४, बित्थड चिर गाउँपालिकाबाट २४ लाख ९३ हजार ७८८, दुर्गाथली गाउँपालिकाबाट ७४ लाख ६५ हजार ६ सय, खप्तडछान्ना गाउँपालिकाबाट ३ करोड ५८ लाख ५७ हजार २२३, जयपृथ्वी नगरपालिकाबाट २ करोड ४८ लाख ७ हजार ३३३ रकम फ्रिज भएको छ ।

साथै मष्टा गाउँपालिकाबाट ३२ लाख २५ हजार, साइपाल गाउँपालिकाबाट ८९ लाख ८५ हजार ६२९ र छबिसपाथीभेरा गाउँपालिकाबाट ३ करोड १० लाख ३१ हजार ९३३ रकम पनि फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङले जानकारी दिएको छ ।

जिल्लामा प्रायः जसो रकम ढिला निकासा भएका कारण खर्च गर्न नसकेको जनाएको छ । राज्यको पुनः संरचना भएर स्थानीय तह भएपछि बझाङ जिल्लामा सरकारको आउने बजेट बढेको बताउँदै कोष नियन्त्रक विष्टले खर्चअनुसार उपलब्धि देखाउनतिर अब सबैको ध्यान जान जरुरी भएको बताए ।

जिल्लामा रहेका १२ वटै स्थानीय तह अन्य सरकारी कार्यालयको निकासा तथा खर्चको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयमा हुने भए पनि केही जिल्लाबाहिर रहेका डिभिजन कार्यालयबाट निकासा भएको रकमको जिल्लामा अभिलेख छैन ।

यसका साथै गैरसरकारी संस्थामा निकासा खर्चको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा नहुने हुँदा वर्षभरि सरकारी गैरसरकारी निजी क्षेत्र र रेमिट्यान्सको रकम हेर्दा झन्डै १२ अर्ब जति रकम बझाङमा परिचालन हुने गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com