ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारद्वारा क्षति विवरण माग


एबीसी न्यूज
श्रावण ८, २०७६ बुधबार  ७ : ०९ बजे

 

काठमाडौं, ८ साउन । प्रदेश नं ३ सरकारले जिल्ला प्रशासन कार्यालयसँग विपद् बाढीपहिरोले जिल्लामा पु¥याएको भौतिक संरचना एवं जनधनको क्षतिको विवरण मागेको छ । अबिरल वर्षाले गत असारको अन्तिम सातादेखि विभिन्न जिल्लामा जनधनको क्षति भएपछि प्रदेश सरकारद्वारा स्थानीय प्रशासनमार्फत विवरण माग गरिएको हो ।

जिल्ला प्रशासन कायालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय तहमा यही साउन २ गते परिपत्र गरी विपद्बाट भएको क्षतिको विवरण मागेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले प्रदेश सरकारबाट माग भए बमोजिम जिल्लाका स्थानीय तहसँग सडक, भवनलगायत सार्वजनिक संरचना एवं व्यक्तिगत घर पशु चौपायालगायत धनजनको क्षतिको विवरण मागिएको जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ रानाले भन्नुभयो “प्रदेश सरकारबाट माग भएबमोजिम स्थानीय तहसँग क्षतिको विवरण माग गरेका छौँ, तीन दिनको म्याद दिइएको हो, तर सबै स्थानीय तहबाट विवरण आइसकेको छैन ।” काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । अबिरल वर्षाका कारण जिल्लामा घर पहिरोले पुर्दा हालसम्म दुई महिलासहित एक बालिकाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com