ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षा नरोकिँदा उद्धार र राहतमा कठिनाइ


एबीसी न्यूज
श्रावण ८, २०७६ बुधबार  ६ : ५७ बजे

 

काठमाडौं, ८ साउन । अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पु¥याउन कठिनाइ भएको छ । आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई राहतमा कठिनाइ भएको हो ।

वर्षा नरोकिएकाले बेपत्ताको खोजी कार्य अगाडि बढाउनसमेत नसकिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । सत्यवती गाउँपालिका–४ लिम्घामा सात वर्षीया तारा विक र एक नाबालक सुमन विक अझै हराइरहेका छन् भने वडा नं– ३ ठूलो लुम्पेकमा माया विक र बबि विक पनि अहिलेसम्म फेला नपरेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

पहिरोबाट वडा नं– ३ र ४ का करीब ६०० को सङ्ख्यामा विस्थापित भएका छन् । विस्थापित सबैलाई स्थानीय विद्यालयमा राखिएको छ । वडा नं– ३ ठूलो लुम्पेकको सिङ्दी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । सो क्षेत्रमा दुबै तर्फबाट पहिरो खस्ने क्रम रहेकाले बिचको बस्ती उच्च जोखिममा रहेको प्रजिअ पौडेलले बजानकारी दिनुभयो ।

बस्ती पहिरोको खतरामा रहेकाले करीब चार सय जनालाई स्थानीय विद्यालय र अन्य सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष रुकबहादुर रानाले बताउनुभयो । त्यस्तै वडा नं– ४ लिम्घामा पनि दुई सय घरपरिवारलाई सरस्वती माविमा सारिएको छ । पहिरोको जोखिमका कारण स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिए पनि पशु चौपाया भने घर गोठमै छन् ।

पहिरो प्रभावित क्षेत्र र प्रभावितका लागि तत्काल खाद्यान्नको समस्या देखिएको छ । खाद्यान्नको थप सङ्कट हुन नदिन तत्कालका लागि पोखराबाट खाद्यान्न हेलिकप्टरबाट ल्याउने व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताउनुभयो । ढुवानीका साधन सञ्चालनका लागि सडकको अवस्था पूर्णरुपले क्षति भएकाले गाउँको मौज्दात रहेको दाल, चामल, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न सामग्री सकिँदै जाँदा विकल्पको रुपमा हेलिकप्टरको व्यवस्था गरिएको हो ।

उद्धारका लागि अहिल प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको र नेपाली सेनाका थप जनशक्ति पाल्पाबाटसमेत मगाइएको उहाँले बताउनुभयो । जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसेर उद्धार तथा राहतको सम्पूर्ण व्यवस्थापन एकद्वार प्रणालीबाट जिल्ला प्रशासन कार्यालयकै व्यवस्थापनमा हुने उहाँले बताउनुभयो ।

उद्धार तथा पहिरो पीडितको व्यवस्थापनका लागि प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालसमेत गाउँमै रहनुभएको छ भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राहत व्यवस्थापनका लागि आज फर्किनुभएको छ । पहिरोमा पुरिएर दुई स्थानमा नौ जनाको मृत्यु तथा चार जना बेपत्ता भएका छन् । भने दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अञ्जन श्रेष्ठको हातमा महासंघको बागडोर: ‘स्वत: अध्यक्ष’ बन्ने विधानको अन्तिम अध्याय

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

सम्बन्धित

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

अध्यादेश र समसामयिक मुद्दामा संसद् तातिने संकेत

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com