ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन, अहिलेसम्म ४७ पद रिक्त


एबीसी न्यूज

 

काठमाडौं, ८ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः बिहीबार भोलि सम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।

निर्वाचन आयोगले मन्त्रालयलाई पत्र पठाउँदै रिक्त जनप्रतिनिधिको विवरण माग गरेपछि मन्त्रालयले स्थानीय तहलाई विवरण पठाउन निर्देशन दिएको मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले नगरपालिकाका प्रमुख/उपप्रमुख गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षसम्मको रिक्त विवरण पठाउने निर्देशन दिएको हो । मन्त्रालयले रिक्त पद, कहिलेदेखि रिक्त र रिक्त हुनुको कारणसहितको विवरण पठाउन भनिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ (२) बमोजिम जिल्ला समन्वय समितिको प्रमुख/उपप्रमुख, नगरपालिकाको प्रमुख÷उपप्रमुख र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पदको उपनिर्वाचनबाट परिपूर्ति गर्नुपर्ने व्यवस्था रहेकाले रिक्त विवरण माग गरिएको आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले यसै वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहको रिक्त रहेको पदको उपनिर्वाचन गर्ने तयारी गरेको छ । रिक्त वडासदस्यको विवरण पठाए पनि उपनिर्वाचन भने हुने छैन ।

रिक्त पदको आयोगले उपनिर्वाचन गर्ने तयारी गरिरहेको हुँदा रिक्त पद र निर्वाचनको बेला उम्मेदवारी नै नपरी रिक्त रहेको पदको विवरण माग गरेको उहाँले बताउनुभयो । मन्त्रालयले यसअघि २०७५ साउन १३ गते पनि जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहसँग रिक्त विवरण माग गरेको थियो तर विवरण नपठाएपछि पुनः माग गरिएको हो ।

मन्त्रालयका शाखा अधिकृत जोशीले ४० वटा जिल्लाका स्थानीय तहले विवरण पठाइसकेको जानकारी गराउनुभयो । “आएका विवरणलाई हामीले अद्यावधिक गर्दछौँ”, उहाँले भन्नुभयो, “आइतबारसम्ममा सबै विवरणलाई आयोगमा पठाउने छौँ ।” आयोगका सूचना अधिकारीसमेत रहनुभएका उपसचिव अर्यालले उपनिर्वाचनको तयारी गरिरहेको बताउनुभयो ।

“हामी उपनिर्वाचनको लागि मतदाता नामावली दर्तादेखि उपनिर्वाचन निर्देशिका बनाइरहेका छाँै”, उहाँले भन्नुभयो, “ उपनिर्वाचनको मिति तोकेलगत्तै निर्वाचन गर्ने गरी काम गरिरहेका छौँ ।” उहाँका अनुसार आयोगमा अहिलेसम्म ४७ पद रिक्त रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं १, प्रदेश सभासदस्यतर्फ भक्तपुर, दाङ र बागलुङ रहेको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

प्रदेशतर्फ भक्तपुरबाट निर्वाचित हरिशरण लामिछाने, बागलुङबाट टेकबहादुर घर्ती र दाङका उत्तरकुमार वलीको निधन भएको थियो । यसैगरी धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको पनि निधन भएपछि पद रिक्त रहेको छ ।
आयोगका अनुसार चार गाउँपालिकाका अध्यक्षसहित ३८ वडाध्यक्षका पद विभिन्न कारणले रिक्त रहेका छन् । आयोगका उपसचिव अर्यालले रिक्त जनप्रतिनिधिको एकै पटक वा छुट्टाछुट्टै समयमा उपनिर्वाचन गर्नेबारेमा भने सरकारसँग छलफल गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com