ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकस्मिक कक्ष साँघुरो हुँदा बिरामी मर्कामा


एबीसी न्यूज

भरतपुर, ८ साउन । आकस्मिक कक्षमा बिरामीको चाप बढेपछि भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी केशव श्रेष्ठलाई कहाँ राखेर उपचार गराउने भन्ने समस्याले सतायो । हिजो मङ्गलबार राति अस्पतालको आकस्मिक कक्षमा ५० जना बिरामी उपचारका लागि आएका थिए ।

सोही रात प्रहरीले परीक्षणका लागि ल्याएका २३ जना बिरामी पनि थपिएपछि अस्पताल प्रशासनलाई धौ धौ प¥यौ । आकस्मिक कक्षमा रहेका जम्मा १२ वटा श्ययामा सबैलाई उपचार गर्न कठिन भएको श्रेष्ठले बताउनुभयो । तीमध्ये विषादी सेवन गरेका तीन र दमको एक जना बिरामीलाई अस्पतालको सघन उपचार कक्ष खाली नभएकाले निजी मेडिकल कलेज पठाइएको थियो ।

बाँकीमध्ये केही उपचारपछि घर गएका, थप उपचार गर्नुपर्ने भएकालाई विभागहरुमा पठाइएको र बाँकीलाई एउटै श्ययामा तीन जनासम्म राखेर उपचार गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
यो समस्या एक दिनको मात्र होइन । दैनिक दुई हजारभन्दा बढी बिरामीको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा एउटै श्ययामा तीन जनासम्म बिरामी राखेर उपचार गराउनु पर्ने अवस्था छ । उहाँ भन्नुहुन्छ, ‘‘कतिपय श्ययाको अभावमा आफ्ना बिरामीलाई अन्य निजी अस्पतालमा लैजान बाध्य भएका छन् ।’’

अस्पतालको आकस्मिक कक्ष प्रमुख राजकुमार ढुङ्गाना निकै कठिनाइका साथ काम गर्नु परेको गुनासो गर्नुहुन्छ । अस्पतालका सबै विभाग व्यवस्थित भइसक्दा पनि अति महत्वपूर्ण विभाग आकस्मिक कक्षको व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ ।

दैनिकजसो श्यया नपाएपछि बिरामी र आफन्तले कर्मचारीहरुसँग झगडा गर्ने गरेको ढुङ्गानाले बताउनुभयो । अस्पतालको कूल श्ययाको १० प्रतिशत अर्थात् ६० श्ययाको आकस्मिक कक्ष हुनुपर्ने भए पनि स्थापनाको समयदेखिको १२ श्ययामा खुम्चनु परेको ढुङ्गानाको भनाइ छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिरामीको चापअनुसारको आकस्मिक कक्ष नभएको स्वीकार्नुभयो । आकस्मिक कक्षसँगै प्रयोगशालासमेत आवश्यक हुने भए पनि यस्तो व्यवस्थापन हुन नसकेको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण गर्नुपर्ने आवश्यकता आफूले देखेको र सोही अनुरुप प्रक्रिया अघि बढाउन लागेको तिवारीको भनाइ छ ।

अस्पतालमा आउने बिरामीको आधारमा आकस्मिक कक्ष निकै सानो र अव्यवस्थित रहेको छ । पुरानो, जीर्ण र साँघुरो भवनमा आकस्मिक कक्ष सञ्चालन हुँदै आएको छ । आकस्मिक कक्षमा एउटा चरण ९सिफ्ट० मा एक चिकित्सक, एक प्यारामेडिक्स र एक जना नर्सिङ कर्मचारीको दरबन्दी रहेको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आकस्मिक कक्षमा एक महीनामा तीन हजार पाँच सय हाराहारी बिरामी उपचारका लागि आउने गर्दछन् । दिनको समयमा बहिरङ्ग सेवामा समेत जाने भए पनि रातिको समयमा आकस्मिक कक्षमा बिरामीको चाप बढी हुने गर्दछ ।

थोरै श्ययाको साँघुरो आकस्मिक कक्ष भएकाले धान्न मुस्किल भएको उहाँको भनाइ छ । अस्पतालको वहिरंग सेवामा एक दिनमा एक हजार सात सयसम्म बिरामीको उपचार गरेको बताउँदै पौडेलले अस्पतालका ६०० श्यया बिरामीले भरिने गरेको जानकारी दिनुभयो ।

प्रसूति विभागमा बिरामी नअटेर भुइँमा उपचार गर्न बाध्य हुने गरेका छन् । अस्पतालमा २० श्ययाको सघन उपचार कक्ष, १२ श्ययाको बाल सघन उपचार कक्ष, २० श्ययाको वृद्धवृद्धा कक्ष, २० श्ययाको पोष्टअपरेटिभ कक्ष र १२ श्ययाको डायलासिस कक्षसमेत रहेका छन् ।

विसंं २०१३ मा एउटा छाप्रोको १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय स्तरको बनेसँगै ५०० श्ययाको अनुमति पाए पनि अस्पतालमा ६०० श्यया सञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँ लगायतका १९ वटा जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । वार्षिक रुपमा करीब तीन लाख हाराहारी बिरामीले सेवा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com