ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्यामा निर्वाचनका क्रममा तीन जनाको मृत्यु


admin

नैरोबी, १० कात्तिक ।  केन्यामा बिहीबार दोहो¥याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

निर्वाचनको बहिस्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको प्रहरी र अस्पतालका स्रोतहरुले जनाएका छन् ।

मतदाताहरुलाई मतदान गर्न अवरोध गरेका विपक्षी दलका एक जना कार्यकर्ताको नैरोबीमा प्रहरीसँगको झडपमा परी मृत्यु भएको हो ।

एक जनाको मृत्यु भएको ड्रग्नेट अस्पतालका निर्देशक डिक्केन्स ओसीम्बाले पुष्टी गर्नुभएको छ । एएफपीका एक जना फोटोग्राफरले पनि शव देखेको बताएका छन् ।

प्रहरी उच्च अधिकारीद्वारा प्रकाशित एक विज्ञप्तिमा पश्चिमी होमा बाइमा पनि गोली लागी एक जनाको मृत्यु भएको उल्लेख गरिएको छ । यसअघि १९ वर्षका एक व्यक्ति किसुमुमा मारिएको प्रहरी र अस्पताल स्रोतले जनाएको थियो । उनको शव पनि एएफपीका प्रतिनिधिले देखेका थिए ।

निर्वाचनका क्रममा गत अगस्त ८ देखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ४३ पुगेको छ । अधिकारवादीहरुले सरकारले भनेको भन्दा धेरै जना प्रहरीका तर्फबाट मारिएको बताएका छन् ।

निर्धारित समयमै होला की नहोला भन्ने आशंकाकाबीच बिहीबार केन्यामा दोहो¥याएर राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको हो । विपक्षी दलका नेता राइला ओडिङ्गाले निर्वाचन बहिस्कार गरेकाले यस्को वैधतामा भने धेरैको चासो कायमै रहेको छ ।

विपक्षी दलका नेता ओडिङ्गाले निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै बहिस्कार गरेको बताउँदै आउनु भएको छ ।

केन्यामा यसअघि केहीमहिना अघि भएको निर्वाचनमा धाँधली भएको ठहर गर्दै अदालतले फेरी निर्वाचन गराउन आदेश दिएकाले बिहीबार राष्ट्रपतीय निर्वाचन भएको हो । त्यतिबेलाको निर्वाचनमा वर्तमान राष्ट्रपति उहुरु केन्याटा राष्ट्रपतिमा पुनः निर्वाचित भएको घोषणा गरिएको थियो ।

आठ जना उम्मेद्वार मात्र रहेको निर्वाचनबाट वर्तमान राष्ट्रपति उहुरु केन्याटा दोस्रो पटक पुनः चुनिने पक्का देखिएको छ ।

दोहो¥याएर भएको निर्वाचनमा अघिल्लो पटकको तुलनामा कम मतदाताहरु सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ६ बजे मतदान शुरु भएको थियो । मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

सम्बन्धित

कतारले खोल्यो हवाई मार्ग, जनजीवन सामान्य बन्दै

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

ट्रम्प भन्छन्ः इरान र इजरायल ‘युद्धविराम’मा सहमत भए

इरानले गर्योः कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण

अमेरिकाले इरानमाथि आक्रमण गर्न १२५ वटा जहाज प्रयोग गरेको खुलासा

इरानको रणनीति फेल खायो, इजरायल र अमेरिकाले पनि जित्ने ग्यारेन्टी छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com