ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्यामा निर्वाचनका क्रममा तीन जनाको मृत्यु


admin
कार्तिक १०, २०७४ शुक्रबार  ११ : ५८ बजे

नैरोबी, १० कात्तिक ।  केन्यामा बिहीबार दोहो¥याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

निर्वाचनको बहिस्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको प्रहरी र अस्पतालका स्रोतहरुले जनाएका छन् ।

मतदाताहरुलाई मतदान गर्न अवरोध गरेका विपक्षी दलका एक जना कार्यकर्ताको नैरोबीमा प्रहरीसँगको झडपमा परी मृत्यु भएको हो ।

एक जनाको मृत्यु भएको ड्रग्नेट अस्पतालका निर्देशक डिक्केन्स ओसीम्बाले पुष्टी गर्नुभएको छ । एएफपीका एक जना फोटोग्राफरले पनि शव देखेको बताएका छन् ।

प्रहरी उच्च अधिकारीद्वारा प्रकाशित एक विज्ञप्तिमा पश्चिमी होमा बाइमा पनि गोली लागी एक जनाको मृत्यु भएको उल्लेख गरिएको छ । यसअघि १९ वर्षका एक व्यक्ति किसुमुमा मारिएको प्रहरी र अस्पताल स्रोतले जनाएको थियो । उनको शव पनि एएफपीका प्रतिनिधिले देखेका थिए ।

निर्वाचनका क्रममा गत अगस्त ८ देखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ४३ पुगेको छ । अधिकारवादीहरुले सरकारले भनेको भन्दा धेरै जना प्रहरीका तर्फबाट मारिएको बताएका छन् ।

निर्धारित समयमै होला की नहोला भन्ने आशंकाकाबीच बिहीबार केन्यामा दोहो¥याएर राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको हो । विपक्षी दलका नेता राइला ओडिङ्गाले निर्वाचन बहिस्कार गरेकाले यस्को वैधतामा भने धेरैको चासो कायमै रहेको छ ।

विपक्षी दलका नेता ओडिङ्गाले निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै बहिस्कार गरेको बताउँदै आउनु भएको छ ।

केन्यामा यसअघि केहीमहिना अघि भएको निर्वाचनमा धाँधली भएको ठहर गर्दै अदालतले फेरी निर्वाचन गराउन आदेश दिएकाले बिहीबार राष्ट्रपतीय निर्वाचन भएको हो । त्यतिबेलाको निर्वाचनमा वर्तमान राष्ट्रपति उहुरु केन्याटा राष्ट्रपतिमा पुनः निर्वाचित भएको घोषणा गरिएको थियो ।

आठ जना उम्मेद्वार मात्र रहेको निर्वाचनबाट वर्तमान राष्ट्रपति उहुरु केन्याटा दोस्रो पटक पुनः चुनिने पक्का देखिएको छ ।

दोहो¥याएर भएको निर्वाचनमा अघिल्लो पटकको तुलनामा कम मतदाताहरु सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ६ बजे मतदान शुरु भएको थियो । मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com