ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असल अभ्यासको सकारात्मक सन्देश प्रवाह होस्– उपनेता नेम्वाङ


एबीसी न्यूज

 

काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीति दलले संसद्मा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराउनुभएको छ ।

संसद् सचिवालयद्वारा यहाँ आयोजित संसदीय सञ्चारको प्रभावकारिता अभिवृद्धिका लागि अन्तरसंवाद समापनमा उहाँले पत्रकारिता क्षेत्रबाट हुने जिम्मेवार टिप्पणी, समीक्षा र विश्लेषणले सांसद र संसद्लाई ठीक ढङ्गबाट अघि बढ्न योगदान पुग्ने धारणा राख्नुभयो ।

संविधानसभाका अध्यक्ष नेम्वाङले भन्नुभयो, “असल अभ्यासलाई अघि बढाउन राम्रो पक्षलाई राम्रै भन्नुपर्छ, जसले संसद्, सांसद र राजनीतिक दललाई अघि बढ्न प्रेरित गर्दछ”, राज्यको महत्वपूर्ण अङ्गको रुपमा संसद्मा प्रतिपक्ष हुन्छ भने सरकारले विजनेश नदिए संसद् चल्न सक्दैन भन्ने पक्षलाई बिर्सन हुन्न ।

विश्वका अरु लोकतान्त्रिक मुलुकले गरिरहेको संसदीय अभ्यासको तुलनामा हामीले गरिरहेको अभ्यासले निधार खुम्च्याउनु पर्ने अवस्था नदेखिएको बताउँदै उपनेता नेम्वाङले भन्नुभयो, “एकाध अपवादका घटनाबाहेक दलहरुबीच सहमति कायम भई संसद् राम्रोसँग सञ्चालन भइरहेको छ, दलहरु मिल्नुपर्ने बेलामा मिलेकै छन्, मध्यस्थताका लागि कसैलाई बोलाउनुपरेको छैन ।

“स्वस्थ्य प्रतिस्पर्धा र दलीय स्वार्थभन्दा माथि उठेर प्राप्त उपलब्धिको रक्षा गर्न एकजुट भएर अघि बढेमा हामीले स्थापित गरेको प्रणाली बलियो हुन गई नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न योगदान पुग्ने छ”, उहाँले भन्नुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले पत्रकारिताप्रतिको आमजनताको विश्वासलाई डगमगाउन नदिने ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले नागरिकले जान्न चाहेका सार्वजनिक महत्वका सूचना उपलब्ध गराउनु राज्यको दायित्व हो भन्नुभयो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले संसद्मा भएका असल अभ्यासलाई जनतासामु सत्य तथ्यरुपमा पु¥याउनु आमसञ्चार माध्यमको कर्तव्य हो भन्नुभयो । संसद् सचिवालयका सचिव डा भरतराज गौतमले संसद्का समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको सहजताका लागि सचिवालयले हरप्रयास गर्ने वचन दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले राज्यको निकायमा रहेर सूचना उपलब्ध नगराउने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने ऐन तर्जुमाको मस्यौदाको तयारी भइरहेको जानकारी दिनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले संसदीय रिपोर्टिङ – अवधारणा र चुनौती विषय कार्यपत्र प्रस्तुत गर्दै संसदीय विषयमा काम गर्ने पत्रकारले संसद्सम्बन्धी नियम र कानूनका बारेमा न्यूनतम जानकारी राख्न आवश्यक रहेको बताउनुभयो ।

लेखक विष्णु रिजालले संसद्का नियमित काम कारवाहीका अतिरिक्त सत्यतथ्यमा आधारित भएर जनचासोका विषयका समाचार सम्प्रेषण गर्ने पाटोमा आवश्यक ध्यान पु¥याउन सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com