ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी बजारमा आकस्मिक अनुगमन, १५ वटा तरकारी पसललाई कारबाहीका लागि सिफारिस ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ४ साउन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी, बल्खुको तरकारी तथा फलफुल बजारको अनुगमन गरेको छ । तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि शुक्रबार बिहान ३ बजे विभागले आकस्मिक अनुगमन गरेको हो । अनुगमनबाट तरकारी व्यवसायीलाई कारवाहीको सिफारिस गरेको छ ।

बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजे नै अनुगमन गर्न पुगेको विभागले कालीमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई अनुगमन टोलीले कारबाहीको लागि सिफारिस गरेको छ ।

बिलबिजकविनै कारोबार गरेको तथा बिचौलियको काम गरेको भेटिएपछि टोलीले कारवाही सिफारिस गरेको हो । किसानसंग तरकारी खरिद गरेको बिल बिजकबिनै बजारमा तरकारी तथा फलफूलको बिक्री वितरण भइरहेकाले कति मूल्य बढाइएको हो ? भन्ने यकिन गर्नै नसकिएको विभागको अनुगमनको टोलीले जनाएको छ ।

बाढी र पहिरोलाई कारण देखाउ“दै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ । बिल बिजकबिनै बजारमा तरकारी तथा फलफूलको बिक्री वितरण भएकोप्रति कालमाटी र बल्खुका तरकारी व्यापारीहरु भने असन्तुष्ट छन् । उपभोक्ताहरु जहिले पनि हतारहतारमा हुने गर्दा पनि बिल काट्न नभ्याईएको भन्दै व्यापारीहरु टार्ने वाहाना गर्छन् ।

देशमा ठूला–ठूला घोटाला गर्नेहरुलाई कारबाही गर्न नसकेको र सामान्य तरकारी बेच्ने व्यापारीहरुले चाही गाँजा, चरेस नै बेचे झैं अनुगमन गरेको भन्दै व्यापारीहरु असन्तुष्टी पोख्छन् । तरकारी तथा फलफुल किसानदेखि ३, ४ चरण पछि मात्रै बजारसम्म आईपुग्ने हुँदा तरकारीको मूल्यमा वृद्धि हुने गरेको उनीहरुको भनाई छ ।

भारत लगायत विदेशबाट स्वदेश भित्र्याईने तरकारी तथा फलफुलमा विषादी परीक्षण स्थगन गरिएको छ । यसै गरी मनसुनी वर्षा पछि आएको बाढी पहिरोका कारण बजारमा तरकारी तथा फलफुल अभाव छ । अभावको बीचमा व्यापारीहरुले अस्वभाविक वृद्धि गरेपछिे विभागले जनाएको छ । तसर्थ, स्वदेश भित्रिने उत्पादनमा पनि विषादी परीक्षण हुनुपर्ने र स्वदेशमै उत्पादनको वातावरण बनाउनुपर्नेमा उपभोक्ताहरु जोड गर्छन् । सबै जसो नै गाउँघरमा खेती किसानी छोडेर काठमाडौं केन्द्रीत भएका कारण तरकारी तथा फलफुल उत्पादन कम तर माग अत्याधिक छ ।

पछिल्लो समय आएको बाढी र पहिरोका कारण तरकारी फलफूल बजारमा कम आयात भएको छ । कम आयातसंगै तरकारीको मूल्य महंगो भएको हो । तर, यही वाहानामा उपभोक्ताको ढाड सेक्ने व्यवसायीले बिल बिजकबिना नै बजारमा तरकारी तथा फलफुलको बिक्री गर्नु गलत छ । मुख्यतया उपभोक्तालाई स्वस्थ सस्तो तरकारी फलफूल विक्री गर्नु व्यवसायीको व्यवसायीक धर्म हो भने राज्यले पनि बजारमा हुने बदमासीको नियमन र अनुगमनलाई कडाई गर्दै राज्य भएको अनुभुति दिलाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com