ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा


admin
कार्तिक १०, २०७४ शुक्रबार  ११ : ४९ बजे

काठमाण्डौं, १० कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुका, दुखाइ कम गर्ने र अन्य नसालु औषधीहरु प्रयोग गर्ने लतलाई “राष्ट्रिय लज्जा“ भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन् ।

ट्रम्पले दुखाई कम गर्ने यस्ता औषधीको दुरुपयोगलाई लक्षित गरि यो घोषणा गरेको बताएका छन् । यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसअघि नै जनस्वास्थ्यसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गर्ने बाचा गरेका थिए । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अहिलेको समयमा अमेरिकीहरुको कार दुर्घटना र बन्दुकका कारण हुने मृत्युको संख्या भन्दा दुखाई कम गर्ने र अन्य नसालु पदार्थको प्रयोगका कारण बढी मृत्यु हुने गरेको बताए । उनले अमेरिकी समाज नसालु औधषीको प्रयोगले नसताएको कुनै भाग नभएको बताए । ट्रम्पले नसा नलाग्ने नयँ“ किसिमका औषधीहरुका लागि अनसन्धानहरु आवश्यक रहेको बताए । उनले यस्ता दुखाई कम गर्ने औषधीहरुको खपत विश्वका अन्य मुलुकका नागरिकले भन्दा अमेरिकीहरुले अत्यधिक गर्ने बताए । अहिलेको घोषणाले जनस्वास्थ्यसम्बन्धी देखिएको संकटसंग जुध्नका लागि अनुदान रकम प्रयोग गर्न निर्देशित गर्ने बताए ।

ह्वाइट हाउसले यसका लागि जनस्वास्थ्यसम्बन्धी आपतकालीन राहतमा भएको भनिएको ५७ हजार डलरलाई प्रयोग गर्ने योजना गरेको छ । दुखाइ कम गर्ने र नसालु औषधीको बढी प्रयोगले अमेरिकामा एक सातामा एक हजार भन्दा बढीको मृत्यु हुन्छ । आलोचकहरुले अहिलेको घोषणा अनुसार थप आर्थिक कोषहरु बिना केवल अहिलेकै स्रोतको प्रयोग गरेर त्यसले समस्या घटाउन मद्दत नगर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

अमेरिका–इरानबीच शान्ति वार्ता निष्कर्षविहीन, तर संवादको ढोका खुलै

दुई–तीन वटा महत्वपूर्ण विषयमा अमेरिकासँग सहमति हुन सकेन – इरान

विश्वयुद्धको नयाँ युग सुरु भइसकेको छ

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भेन्स इस्लामाबादबाट फिर्ता

अमेरिका–इरान वार्ताको परिणामबाट चिन्तित छैनः ट्रम्प

क्युवामाथि अमेरिकी नाकाबन्दी विरुद्ध रोममा सयौंको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com