ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामोसांघु चरिकोट सडक पुनर्निर्माण अझै हुन सकेन, सरकारी निकायबीच समन्वय नहुंदा अलपत्र (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ३ साउन ।  २०७२ देखि सुरु भएको लामोसाँघु देखि दोलखा सदरमुकाम चरिकोटसम्म सडक विस्तारको काम अझै पनि सम्पन्न भएको छैन । त्यसैगरि भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य पनि ६ वर्षसम्ममा पनि सम्पन्न हुन सकेन । सरकार, निर्माण व्यवसायी एवम् प्राविधिकबीच उचित समन्वय र सहकार्यको नहुँदा राष्ट्रिय आयोजनाअन्तर्गतका कैयौं सडक निर्माण तथा विस्तार कार्य अलपत्र छन् ।

१ सय १० किलोमिटरको दुरीमा लामसाँघु जिरी सडक खण्ड निर्माणाधिन छ । स्वीजरल्याण्ड सरकारको सहयोगमा ४ दशक अघि बनेको १ लेनको यो लामोसाँघु जिरी सडक हुँदै चरिकोटसम्म पुग्दा बीचमा मुडे्, खरिढुंगा, वोच जस्ता पर्यटकीय क्षेत्रको दृश्यवलोकन गर्न पाइन्छ । सरकारको योजनामा सडक विभागअन्तर्गत सडक विस्तार आयोजना रिपले लामोसाँघु जिरी सडकलाई समेत विस्तार गर्ने योजना बनाएपछि २०७२ साल भदौ महिनामा सडक विस्तार गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

साँघुरो सडकमा दुर्घटनाको त्रास बोकि यात्रा गर्नुपर्ने अवस्थामा दुई लेनको सडक बन्ने भएपछि दोलखा र सिन्धुपाल्चोकबासीमा खुसीयाली पनि छाएको थियो । जिरी लामसाँघुको जम्मा ११० किलोमिटरको सडकखण्डमा २५ किलोमिटरसम्मको लागत ४४ करोड ३६ लाख ९७ हजार, २५ देखि ३५ किलोमिटरसम्मको लागत ७९ करोड ९२ लाख ५२ हजार र ५५ देखि ११० किलोमिटरसम्मको लागत १ अरब ७७ करोड ५ लाख ५५ हजार रुपैया छ ।

सडक फराकिलो हुँदा कृषि उपजको बजारीकरणमा थप सहज हुने एवं पर्यटकीय सम्भावना बोकेका सिन्धुपाल्चोकको मुढे, खरिढुंगा, सैलुङ, कालिञ्चोक भगवती, दोलखा भिमेश्वर, लगायत हिमाली क्षेत्रका स्थानको समेत थप प्रवद्र्धन हुन्थ्यो ।

आन्तरिक र बाह्य पर्यटकको आवागमन बृद्धि हुने र त्यसबाट सिन्धुपाल्चोक एवं दोलखाबासीको आर्थिक स्तरमा समेत सुधार आउंथ्यो । तर, सडक विस्तारको काम अघि बढे पनि काम नगरी निर्माण कम्पनीले बीचैमा अलपत्र पारेपछि दोलखा र सिन्धुपाल्चोकबासीको खुशी निरासामा परिणत भएको छ ।

हिउंदमा धुलो र वर्षामा हिलोले यो सडक प्रयोग गर्नै सास्ती भएको छ । पहिलो खण्ड अर्थात खाडीचौरदेखि मुडेसम्म २९ किलोमिटरमा भारतीय कम्पनी सीमाञ्चल र नेपाली कम्पनीहरु गौरीपार्वती र सुनौला खिम्ती गरी तीन वटा कम्पनीको जोइन्ट भेन्चरले ठेक्का पाएका थिए । २०७२ भदौमा सम्झौता भएर दुई वर्षमा सकिनुपर्ने भएपनि काम नभएपछि थप एक वर्ष म्याद थपियो । तर, त्यो समयमा पनि भित्तो काट्ने र ग्याल्भिन उठाउने काम बाहेक अरु केही भएको थिएन । काम गरेको झारा टार्न केही ठाउंमा कालोपत्रे गरे जस्तो गरिएको छ । तर, ठेकेदारको मनोमानी र सरकारी अधिकारीहरुको गैरजिम्मेवारी व्यवहारकै कारण यो सडक आजपर्यन्त अलपत्र छ ।

त्यसो त, राष्ट्रिय योजना आयोगको पछिल्लो विवरणअनुसार उत्तर–दक्षिण कोशी लोकमार्ग, कालीगण्डकी करिडोर, हुलाकी लोकमार्गलगायतका आयोजना सोचअनुसार अगाडि बढ्न सकेको छैन । सरकारले पछिल्लो समयमा ती आयोजनालाई गति दिने हरसम्भव प्रयास गरेको भए पनि सोचेअनुसार प्रगति भने हुन सकेको छैन । हुलाकी लोकमार्ग शुरु भएको ११ वर्ष भए पनि हालसम्म भौतिक प्रगति ५० प्रतिशत भन्दा कम नै छ । पूर्वपश्चिम हुँदै तराईका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यका साथ सो आयोजना शुरु गरिएको थियो ।

पूर्वको केचनाकलनदेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने यो लोकमार्गको कुल लागत ४७ अर्ब २७ करोड रहेको छ । आव २०६५/०६६ देखि शुरु भएको सो आयोजना आ.व. २०७४\०७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर तोकिएको समयमा आयोजना पूरा नभएपछि संशोधित तालिकाअनुसार आव २०७७\०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सो अवधिमा समेत आयोजना पूरा हुने देखिएको छैन ।

त्यसैगरी, करिब ६ वर्षसम्मपनि लगभग ३१ करोड ५२ लाख लागत रहेको १९ किलोमिटरको भक्तपुर नगरकोट सडक खण्ड निर्माण कार्य सम्पन्न नभएपछि स्थानीयहरु आन्दोलनमा नै उत्रिएका थिए । उनीहरुले सडक आयोजनाका प्रमुखहरुको फोन नम्बर सार्वजनिक गर्दै दिनको एकपटक फोन गरौं र सोधौं भन्ने अभियान नै चलाउनुपरेको थियो । मुआब्जा, खानेपानी, ढल र भवन व्यवस्थापन लगायतको समस्याका कारण तोकिएको समयअवधिभित्र कार्य समपन्न हुन नसकेको सडक विभाग बताउंछ ।

२०७५/७६ को एक आर्थिक वर्षमा जम्मा २१ अर्ब ५८ करोडको बेरुजु रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रतिवेदनमै उल्लेख छ । जसमा ३१ दशमलव ५ प्रतिशत मात्रै बेरुजु फछर्यौटको अवस्था छ । त्यसैगरी गत वर्षमा हेलो सरकारबाट मात्रै ५ हजार ९ सय ४८ उजुरीहरु परेका छन् । यो तथ्यांकले के देखाउछ भने, समृद्धि र विकासका लागि सरकारले लिईरहेको पहलकदमीबाट आम नागरिक सन्तुष्ट छैनन् । प्रतिफलहरु प्राप्त भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com