ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढी बिस्फोटनमा घाईते राम सिंहको मृत्यु , ४ जना घाईतेको उपचार हुंदै ।


sharan sharan

कैलाली, २ साउन ।
धनगढीमा भएको बिस्फोटनमा परि एकजनाको ज्यान गएको छ । आज सांझ भएको बम बिस्फोटबाट घाईते भएका राम सिंहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएकाछन् ।
प्रहरीले मृतक सिंहले नै बोकेको टिफिन बक्समा जडान गरिएको बम बिस्फोट भएको आशंका गरेको छ ।
बिस्फोटनमा परि घाईते भएकाहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । सांझ ७ः३० बजे भएको फिस्फोटमा परि स्थानीय केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाईते भएका थिए । बिष्फोट घाईते केशवराज पाण्डेले संचालन गरेको निलम होटलमा भएको थियो ।
प्रत्यक्षेदर्शीका अनुसार मृतक राम सिंहले होटलको छेउमा झोला बिसाए लगत्तै ठुलो आवाजका साथ बम पड्केको थियो ।
घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए । सिंह बिप्लप नेतृत्वको नेकपाका कार्यकर्ता तथा पुर्व माओबादी लडाकु भएको बताईएको छ । प्रहरीले घटनास्थलबाट १ थान चाईनिज पेस्तोल, एक थान मोटरसाईकल तथा केहि कागजपत्रहरु बरामद गरेको छ ।

मृतक रामसिंह

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com