ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोरी


sharan sharan

पाल्पा, २७ असार ।
पाल्पा जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिनदहाडै नवजात शिशुको चोरी भएको छ। तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाको नवजात शिशुलाई मध्य दिउंसै चोरे गायव पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिएका छन् ।
सापकोटाका अनुसार दिउँसो करीव तीन बजेतिर अ्मेडिकल कलेजबाट शिशु हराएको हो। सुत्केरी व्यथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास गएकी जमुनाले बिहान ११ बजे छोरा जन्माएकी थिइन्। सुत्केरी जमुनाको रेखदेख गर्न उनकी आमासँगै थिइन्। सुत्केरी जमुना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन्। उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने वहानामा सँगै गएको प्रत्यक्षदर्शीले बताए।
ज्वानोको झोल जमुनाकी आमालाई लैजानुस् भनेर ती अपरिचित महिलाले बच्चा आफूले ल्याइदिने बताएकी थिइन्। तर, जमुनाकी आमा सुत्केरी छोरीसँग पुग्दासमेत ती महिला बच्चा लिएर नपुगेपछि मात्र खोजी सुरु भएको थियोु प्रहरी नायब उपरीक्षक सापकोटाले भने जमुनाकी आमा सरासर ज्वानोको झोल लिएर छोरी भएको हस्पिटलको माथिल्लो तलातिर लागिन। बच्चा समातेकी महिला मुलगेटबाट बाहिरिएको हुनुपर्छ।
दिउँसो तीन बजेतिर घट्ना भए पनि आफूहरूलाई बेलुकी पाँच बजेमात्र खबर भएको उनले बताए। ुअहिले घट्नाबारे अनुसन्धान भइरहेको छु उनले भने ुप्रहरी उपरीक्षक दीपेन्द्र जिसीकै नेतृत्वमा सुरक्षाकर्मीको टोली लुम्विनी मेडिकल कलेज आएका छौं। मेडिकल कलेजमा रहेको सिसी क्यामेरासमेत बिग्रिएको अवस्थामा रहेकोले घट्नाबारे पत्ता लगाउन कठिन भएको छ।ु
लुम्बिनी मेडिकल कलेजका स्टाफ, स्वयं परिवारको लापरबाहीले यस्तो घट्ना घटेको प्रहरीको ठम्याइ छ। शिशुको खोजी भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com