सिरहा , २७ असार । बिहीवार साँझदेखि भइरहेको अविरल वर्षाका कारण रोपाइँको चटारोमा रहेका किसान हर्षित छन् तर वर्षाले प्रहरीको भने बिजोग भएको छ ।
सिरहाको लहान क्षेत्रका अधिकांश भाग जलमग्न भएका छन् । खोला किनारमा मात्रै होइन, बजार क्षेत्र, सरकारी कार्यालय, अस्पताल क्षेत्र जलमग्न भएका छन् ।
शान्तिसुरक्षा तथा बाढी र डुवान पीडितको उद्धारमा खटिनुपर्ने प्रहरीको कार्यालय नै जलमग्न भएको छ । ईलाका प्रहरी कार्यालय लहानको आँगन र बाहिर जताततै जलमग्न भएपछि प्रहरीको बिजोग भएको छ । प्रहरी कार्यालय बाहिर निस्किन कतै खुट्टा टेक्ने ठाउँ छैन ।
प्रतिक्रिया दिनुहोस्