ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नालाले पानीको बहाब लिन नसक्दा जनकपुरको अधिकांस क्षेत्र डुबानमा (फोटो फिचर सहित )


एबीसी न्यूज

 

जनकपुरधाम २७ असार ।  बुधबार रातिदेखिनै निरन्तर रुपमा परेको अबिरल बर्षाले जनकपुरको अधिकांस क्षेत्र जलमग्न भएको छ ।

प्रदेश नं. २ को अस्थायी राजधानी एवम् धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा नालाले पानीको बहाब लिन नसक्दा जनकपुरको अधिकांस क्षेत्र डुबानमा परको छ। अबिरल वर्षाका कारण सडक सहित अधिकांस सरकारी कार्यालयहरु समेत डुबानमा परेको छ । केहि दिन अघि सहरि बिकास योजना अन्तरगत निर्माण भएको बाटोको नाला मापदण्ड बिपरित रहेको हुनाले सडकमा पानी जमेको स्थानियले बताए । जनकपुर उद्योग वञिज्यसंघका महासचिब जितेन्द्र महासेठले तीन देखि परेको अबिरल बर्षाले व्यपारमा लाखौको घाटा भएको बताए । उनले जनकपुरउपमहानगरपालिका भानु चौक स्थित एक पसलमा पानी पस्दा करिब पाँचलाख बराबरको छति भएको बताए ।

आपतकालिन अवस्था आउनुअघि जनकपुरधाम उपमहानगरपालिका लगायत सम्बन्धित निकायहरु कानमा तेल हालेर सुतेका हुन्छन् भने पानी परि सक्दा भोजको बेला फर्सि रोपेभैm सस्तो लोकप्रियता कमाउन बाटोमा आउने गरेको महासेठले बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले तीनदिन देखि परेको अबिरल बर्षाले सहरि क्षेत्र सहित रानिबास क्षेत्र डुबानमा परेकोले एलर्ट साइन देखाएको बताए । अबिरल बर्षाका कारण सरकारी कार्यालयहरु समेत डुबानमा परेको जनाउँदै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा पानी निकासको कार्य जारी रहेको कणेलले बताए ।

 

अबिरल बर्षका कारण जनकपुरको भानुचोक, रामानन्द चोक, कदमचोक, बाह्रविघा मैदान, अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय समेत जलमग्न भएको छ । अबिरल बर्षाका कारण विभिन्न ठाउँ डुबानमा परेको तथा जनजीवन प्रभावित भएपनि अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जनाए । उनका अनुसार, जिल्लाको अवस्था अहिले समान्य रहेको छ भने कमला नदी छेउका ग्रामिण भेकमा भने सुरक्षाकर्मीद्धारा सतर्क रहन सर्वसाधारणहरुमा सूचना प्रवाह गरिएको हो । धनुषा र सिरहा जोडने कमला नदीमा पनि पानीको बहाब बढदै गएको जनाइएको छ । अबिरल बर्षाका कारण एकातर्फ जनजीवन प्रभावित भएको छ भने अर्का तर्फ कृषक किसानलाई भने फाईदा पुगेको देखिएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com