ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुह्यो नेपालगन्जमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सपना


sharan sharan
असार २६, २०७६ बिहीबार  १० : ४५ बजे

नेपालगन्ज ,२६ असार  । मन्त्री परिषदले नेपालगञ्ज उद्योग बाणिज्य संघलाई १२ वर्ष अघि भोगाधिकारका लागि उपलब्ध गराएको १० विघा जग्गाको सम्झौता रद्द गरेको छ । जग्गा प्राप्त गरेको १२ वर्ष सम्म पनि सम्झौताको उद्देश्य अनुरुप काम नभएपछि भोगाधिकारका लागि संघलाई उपलब्ध गराएको जग्गा पुनः नेपाल सरकार, सडक डिभिजन, नेपालगञ्जको नाममा कायम गर्ने निर्णय गरेको हो ।
१२ वर्ष अघि २०६४ भाद्र महिनामा संघका तत्कालीन अध्यक्ष दामोदर आचार्यले नेपालगन्ज्मा सुबिधा सम्पन्न अन्तरराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी स्थल बनाउने उद्देश्यका साथ सरकार संग भोगाधिकारको सम्झौता गरेका थिए । सोहि जग्गामा संघले ३ वटा ब्यापार मेला प्रदर्शनीस्थल बनाउने भन्दै सम्पन्न गरिसकेको छ । बिहिवार नियमित पत्रकार सम्मेलनमा सरकारका प्रबक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सम्झौता अनुसार संघले सरकारलाई जग्गा उपभोग गरेबापत न्युनतम भाडा समेत तोकोको थियो तर १२ वर्ष सम्म संघले सरकारलाई भाडा बुझाएको थिएन । भाडा बापत सरकारलाई तिर्नुपर्ने तीनलाख २५ हजार रुपिया भाडा नतिरेपछि सम्झौता खारेज भएको बताईएको छ । अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनीस्थल निर्माणका लागि संघले एकदशकअघि जग्गा पाएपछि हालसम्म कुनै निर्माण सुरु गर्न सकेको छैन् । मन्त्रीपरिषदको निर्णयका सम्बन्धमा संघले यो समाचार तयार पार्दा सम्म कुनै प्रतिक्रीया सार्वजानीक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com