काठमाडौं ९ कात्तिक । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै कारणले घोषित चुनाव नभए संसद स्वत क्रियाशील हुने बतएका छन् ।
सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश संगै चुनावका बारेमा बढेको अन्योलका सन्दर्भमा प्रचण्डले चुनाव सरे संसद व्युतिने बताएका हुन् ।
प्रचण्डले भने, ‘चुनावका लागि मनोनयन गर्दा संसद भंग भएकाले निर्वाचन रोकियो भने संसद ब्यूँतिन्छ ।’
, ‘त्यसो भयो भने स्थिति जटिल हुन्छ । हामीलाई विश्वास छ सर्वोच्चले यो बुझ्ने छ ।
कुनै कारणले चुनाव स्थगित भएमा संसद स्वत क्रियाशील हुनेछ ०७४ माघ ७ गतेसम्मका लागि । तर त्यसपछि के हुन्छ भन्ने कुरा भने अन्योल नै छ । संसदको बैठकका विषयमा सर्वोच्चले कुनै कुरा बोल्न मिल्दैन ।
प्रतिक्रिया दिनुहोस्