सिन्धुपाल्चोक, २२ असार । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत दुई जना बेपत्ता भएका छन् । थप एक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका डिएपी माधव काफ्लेका अनुसार शनिबार रातिको अविरल बर्षापछि भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र यसबारेमा थप विवरण आउँन बाँकी रहको प्रहरीले जनाएको छ।
राति ८/९ बजेतिर खाना खाएर सुत्न जाने क्रममा उनीहरू बाढीमा बेपत्ता भएको उनीसँगै काम गर्नेहरूले बताएका छन्। हाइड्रो पावरका कर्मचारी खाने र सुत्ने ठाउँ अलगअलग रहेको प्रहरी निरीक्षक थापाले बताए।
प्रहरी निरीक्षक थापाका अनुसार मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त पारेको छ।
प्रतिक्रिया दिनुहोस्