बुटवल, २१ असार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिती सदस्य प्रदिप ज्ञवालीले रफ्तारका साथ काम गर्न चाहने सरकार र कार्यान्वयन गर्ने कर्मचारीका बिच दुरी रहेका कारण सरकारको काम देखिन नसकेको बताउनु भएको छ ।
नेकपाका रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले नयां परिवर्तन र जनताको चाहानालाई आत्मसाथ गर्न नसक्दा र लामो प्रक्रियाको पुरानै ढांचामा कर्मचारी संयन्त्र रहेकाले जनताले परिवर्तनको अनुभुति गर्न नसकेको बताउनु भयो ।
उहांले पार्टी एकिकरणका अधिकांश काम सम्पन्न भएको भन्दै पार्टीको पोलिथब्यूरो बन्न पनि सक्ने र नबन्न पनि सक्ने बताउनु भयो । पोलिथब्यूरो नहुंदैमा पार्टी संचालनमा समस्या नआउने नेता ज्ञवालीको भनाई छ ।
संघिय सरकारमा परराष्ट्र मन्त्री समेत रहनुभएका नेता ज्ञवालीले गुठी संचालनलाई नियमन गर्न खोज्दा सरकारले समस्या भोग्नु परेको बताउंदै एकै तीरले दुई शिकार गर्न खोज्दा सरकार पछाडी हट्न बाध्य हुनुपरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा रुपन्देही जिल्ला अन्तर्गतका पार्टीको अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्