काठमाडौं, १९ असोज । नेपालमा १२५ भाषा बोलिन्छ, जसमध्ये मगर भाषा पनि नेपालमा बोलिन्छ । मगर संस्कृति भाषा र साहित्यको उन्नयनको लागि मगर भाषा अध्यापन पनि शुरु भएको छ । दाङ तुल्सीपुर उपमहानगरपालिकाले भाषा अध्यापन शुरु गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाले यहि शैक्षिक सत्रदेखि नगरभित्र मगर भाषा अध्यापन शुरु गरेको छ । जिल्ला मै पहिलो पटक उपमहानगरले मगर भाषा अध्यापन गर्न शुरु गरेको हो ।
नगरले विद्यालयमा भाषा पढाउन शुरु गरेपछि मगर समुदाय उत्साहित भएका छन् । नेपालमा ३ प्रकारका मगर सम्प्रदाय बसोबास गर्दछन् । अथार, बाह्र र काइके सम्प्रदाय हुन् । भाषिका एउटै भएपनि मगर भाषाभित्र पनि उपभाषा रहेका छन् खाम, ढुट र काइके लगाएतका भाषा मगर समुदाय बोल्ने गर्दछन् ।
सोही अन्तरगतको विद्यालयमा ढुट भाषाको पढाई संचालन गरिएको छ । तुल्सीपुर १ भमके मगर क्षेत्रको बाहुल्यता रहेको स्थान हो । तर मगरका नयां पीढिले आफ्नै भाषा बोल्न जान्दैनन् ।भमकेमा पछिल्लो पुस्तामा यो भाषा बोल्न आउदैन । नगरले नगरको वडा नम्बर १ स्थित वीरेन्द्र मावि भमकेमा यसै शैक्षिक सत्रबाट भाषा पढाउन शुरु गरको थालिएको हो । वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा १ देखि मगर भाषा पढाउन थालेको शिक्षक हिमाल थापा बताए ।
नगरले भाषा अध्यापनका लागि यस चालु आर्थिक वर्षमा १ लाख अनुदान उपलब्ध गराएको छ । कक्षा १ देखि कक्षा ५ सम्ममा भाषाको पढाइ शुरु भएको छ । माथिल्लो कक्षामा अध्ययन गरिरहेका इच्टुक विद्यँर्थीले समेत अध्ययन गरिरहेका छन् । मगर भाषा अध्यापनको लागि पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि कक्षा ५ सम्मका लागि पुस्तक प्रकाशन गरेको छ । केन्द्रले पर्याप्त पुस्तक उपलब्ध गराउन नसक्दा भने विद्यार्थीलाई पुस्ताक अभाव भएको छ ।आर्थिक श्रोत तथा पुस्तकको लागि नगरले पहल गर्दै आएको छ।
पाठ्य विकास केन्द्रले पाठ्य सामाग्री उपलब्ध गराएपछि नगरले प्रकाशन गर्ने बताएको छ । नगरभित्र मगर भाषामा अध्यापन हुन थालेपछि मगर समुदायका नयां पुस्ता उत्साहित छन् । घर आंगनमै आफ्नो मातृभाषामा पढाई हुन थालेपछि खुशी लागेको कक्षा ९ मा अध्ययनरत रविना ठारामगरले बताईन् ।
त्यस्तै कक्षा ९ मै अध्ययनरत छात्रा जानकी ठारामगर मातृ भाषामा पढाइ शुरु भएपछि खुशीको प्रतिकृया दिइन् । भाषा संस्कृति मानवको अभिन्न अंग हो, जीवनपद्धतीसंग सिधा जोडिएको भाषा पहिचान मात्रै होइन, गौरवको बिम्ब हो । मगर भएर पनि भाषा ज्ञान नहुदा यस क्ष्ँेत्रको मगर भाषा पुस्तान्तरसंगै लोप हुने अवस्थामा छ । लोप हुने अवस्थामा पुगेको मगर भाषाको उन्नयन र प्रवद्र्धनको लागि नगरले पहल गरेपछि छात्रा जानकी ठारा मगर पनि खुशी व्यक्त गर्छिन् ।
विद्यालय समयपछि भाषाको पढाई हुने गर्दछ । पढाईमा मगर विद्यार्थीहरु मात्र नभई अन्य जातका विद्यार्थीहरुले पनि पढ्दै आएका छन । यसरी मगर भाषा पढ्न र सिक्न पाउदा अन्य समुदयाका विद्यार्थी पनि खुशी छन् । शुरुका दिनहरुमा भाषा बुझ्न समस्या भएता ज्ञान र त्यसको अभ्यासले सहज हुदै गएको छात्रा नविना विद्यार्थीहरु बताउछन् ।
मगर भाषा पाठ्यपुस्तक र स्वर ६ वटा छ, भने नेपाली भाषा १३ वटा छन, त्यस्तै क,ख पनि नेपालीमा ३६ वटा भएता पनि मगर भाषा २६ वटा मात्र हुने गर्दछ मगर समुदायमा काइके, खाम र ढुट गरेर ३ खालको भाषा भएता पनि विद्यँलयले ढुट भाषा सिकाउदै आएको छ ।तुलसीपुर वडा नं. १ मा ४० प्रतिशत मगर समुदायको बसोबास छ ।समुदायको माग अनुसार नै विद्यालयमा यो पढाई शुरु भएको हो । मगर भाषाको अध्ययन गर्दा विद्यार्थीले कुनैपनि शुल्क बुझाउन नपर्ने वडाध्यक्ष लक्ष्मण भण्डारीले बताए ।
भाषा संस्कृति कुनैपनि समुदायको पहिचान हो, आत्मगौरव र जीवन्त इतिहासको साधन हो । भाषाले प्राचिनतादेखि आधुनिक जीवनसंगको सम्बन्ध जोड्ने मात्रे होइन, समुदायको अस्तित्वको प्रतिनिधित्व गर्ने भएकोले नगरको पहलमा भएको यस्ता शैक्षिक कार्यक्रमलाई सफल बनाउन शिक्षासंग सरोकारवालाहरुको अझै थप साथ र सहयोग जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्