ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदर्को अन्तराष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएपछि (आइफा) अवार्ड द्धिविधामा (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १९ असोज । बलिवुडको प्रतिष्ठित अवार्ड इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) को २० औं संस्करण नेपालमा प्रस्तावित कार्यक्रम अन्यौलमा परेको छ । कार्यक्रम हुने खबर बाहिरिएसंगै कार्यक्रमको समर्थन र विरोध हुन थालेपछि आइफा कार्यक्रम दोबाटोमा पुगेको हो ।

यही सन २०१९ अगस्तमा आयोजना हुने भनिएको को आइफा अवार्ड विवादमा परेको छ । आइफा अर्वार्ड सरकारको सहयोगमा काठमाडौँमा हुने भनिएको थियो । अवार्ड सरकारको प्रत्यक्ष सहभागीतामा हुने खबर बाहिरिएपछि सरकार आफै विवादाम फसेको हो । आइफाको विषयमा नेपाली समाज नै विभाजित भएको छ । एकातिर सरकारले पर्यटन प्रवद्र्धनको लागि आइफाको आयोजना गरेको दावी गरेको छ ।

तर सरकार टुरिजम बिजनेस रणनीतिविहिन जस्तै देखिएको छ । आइफामार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सकारात्मक नै हो । तर प्रवद्र्धनको रोडम्याप विना सरकार अघि सरेपछि आइफाको विषय सरकारका लागि टाउको दुखाइ भएको हो । सरकारको कदमप्रति प्रतिनिधि सभा अन्र्तगतको अन्र्तराष्ट्रिय सम्बन्ध समितिले समेत साथ नदिएपछि सरकार झनै दबाबमा परेको छ । असार ८ गते मन्त्रिपरिषद बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले संयोजन गर्नेगरी कार्यक्रम अवार्ड समारोह हुन लागेको थियो । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) भारतको भड्किलो अवार्ड हो । विजक्र्याफ्ट इन्टनरनेसनल इन्टरटेनमेन्टले सन् २००० बाट यस्ता संस्करण शुरु गरेको हो ।

हालसम्म विश्वका १२ देशले यस्ता अवार्डमा साथ दिएका छन् । विदेशी फिल्म अवार्ड नेपालमा आयोजना हुँदा त्यसले नेपालको पर्यटन बजारीकरण हुने भएकोले सरकार पर्यटन बोर्ड र महानगर कस्सिएका हुन् । सरकारले प्रत्यक्ष रुपमा ४४ करोड रुपैया आर्थिक सहयोग समेत गर्ने खबर बाहिरएछि आइफाको प्रसंग निकै पेचिलो बनेको हो ।

नेपालमा भारतीय फिल्मको बजार राम्रो छ । अवार्डपछि उनीहरुको बजार बिस्तार अझै बढ्ने छ । तर नेपालले यो कार्यक्रम मार्फत पर्यटनको बजारीकरण हुने अपेक्षा राखेको छ । सरकारी अपेक्षामा खासै दोष छैन । तर लक्ष्य उदेश्य नीति र रणनीति के के हुन् ? पर्यटन बिजनेस योजना के हो, सरकारले लगानी गरे के कति नेपालले पर्यटनबाट लाभ लिन सक्छ भन्ने मार्गचित्र विना सहमति गरेपछि सरकार रक्षात्मक बन्न परेको हो ।

सेलीब्रेटीको माध्यमबाट पर्यटनको प्रवद्र्धन र बजारीकरण गर्न सकिन्छ, यो विधि पर्यटन उद्यमका हिसाबले संगतिपूर्ण छ । तर सरकारको पर्यटन बिजनेसको रणनीतिक योजना प्रष्ट नहुदा सरकार यो कदमबाट पछि हट्न परेको हो । पर्यटनको बजारीकरण गर्ने उदेश्यले हो भने पूर्वाधार पर्यटन सिजन, गन्तव्य, बन्दोबस्त र आर्थिक तथा सामाजिक प्रभावको विश्लेषण विना सरकार हतारमा कार्यक्रमको जस लिने प्रयत्न गरेको हो । आर्थिक सहयोग उपलब्ध गराएर आइफा अर्वाड सम्पन्न गर्ने मसक्कै कस्सिनु सरकारी कमजोरी हो ।

तर संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आईफा अवार्ड देशको हितको लागि हुने भएपनि सरकारको कुनैपनि आर्थिक सहयोग नहुने जिकिर गरे ।

आइफा अवार्ड नेपालमा भए स्वभाविक रुपमा नेपालको प्रचारप्रसार हुने त छ नै । तर, गलत प्रचार प्रसार हुने सम्भावना पनि उत्तिकै जोखिम छ । किन कि हाम्रो पूर्वाधार बन्दोबस्ता गतिला छैनन् । तर प्रवद्र्धनको क्षेत्रमा अवार्ड एउटा साधन हो, माध्यम हो । यद्यपी सरकारले व्यवसायिक पाटोको अध्ययन र विश्लेषण गर्र्नुले सरकार चिप्लिएको बताउछन् पर्यटन उद्यमी बसन्त मिश्र ।

सरकारले नेपाली उद्योगको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न पर्ने मुख्य दायित्व हो । यतिमात्रै होइन भारतीय फिल्म, टेलिफिल्महरुले नेपालको कला, संस्कृति, साहित्य र भाषामाथि निरन्तर अतिक्रमण गरिरहेका छन् । राष्ट्र हित स्वाधिना, मौलिकताको रक्षाप्रति जिम्मेवार भएर व्यवासायीक योजनामा नजानु गलत भएको नेपाली फिल्म निर्माता नवल खड्काको प्रतिक्रृया छ ।

यसै गरि पर्यटन प्रवद्र्धनको मुख्य जिम्मेवारी लिएको नेपाल पयटन बोर्ड आइफा आयोजना अब संभव नभएको बताएको छ । बोर्ड र सरकारले आइफाको विषयमा बुझाउन सकेनन्। व्यवसायीक योजनासंगै लाभ र हानीको सन्दर्भमा जिम्मेवार गम्भीर नबन्दा महत्वपूर्ण कार्यक्रम लगभग रद्द हुने संकेत देखिएको छ । संसदर्को अन्र्तराष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएपछि झनै कार्यक्रम हुने नहुनेमा द्धिविधा भएको हो ।

आइफा अवार्ड हुनुपर्छ,पर्यटन प्रवद्र्धन र बजारीकरणको एउटा माध्यम हो । तर सरकारले कार्यक्रम आयोजनापछिको आर्थिक सामाजिक र सांस्कृतिक विश्लेषण नगरि हचुवाको भरमा सहमति गर्नुले सरकार आइफाको विषयबाट पछि हट्ने अबस्था भएको हो । कुनै व्यवसायिक योजना विना कार्यक्रमको अनुमति दिनु र लाभको हेक्का विनै आर्थिक रकम उपलब्ध गराउने विषयले सरकारले आलोचना खेप्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com