ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति सी नेपाल भ्रमण कूटनीतिक एजेन्डामा रहेको छ – चीन


एबीसी न्यूज

काठमाडौं, १९ असार ।  चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबारे थप छलफल गर्नुपर्ने बताए । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध थप सुदृढ हुने बताएपछि जवाफमा वाङले सीको भ्रमण हुने बताएका हुन् । ‘उच्चस्तरीय भ्रमण (राष्ट्रपति सीको नेपाल भ्रमण गराउने नेपालको चाहना) मा हामी सकारात्मक छौँ । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ परराष्ट्रमन्त्री वाङको भनाइ उद्धृत गर्दै बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले भने ।

भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी र उपनियोग प्रमुख लम्साल सहभागी थिए । लम्सालका अनुसार वाङले सम्भावित भ्रमणको मिति र अनुकूलताबारे दुवै पक्षबीच परामर्श जारी राख्नुपर्ने धारणा राखेका थिए । उनले उपयुक्त समयमा राष्ट्रपतिको भ्रमण हुने जवाफ पठाएका थिए ।

नेपालले पाँच वर्षदेखि राष्ट्रपति सीको भ्रमणका लागि जोड दिँदै आएको छ । कूटनीतिक स्रोतका अनुसार राष्ट्रपति सी तीन महिनापछि भारत भ्रमणमा जाँदै छन् । अक्टोबर ११ मा उनले वाराणसीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तयारी भइरहेको छ । त्यसवेला राष्ट्रपति सीको नेपाल भ्रमण गराउन नेपालका तर्फबाट कोसिस भएको छ ।

दक्षिण एसियाको करिडोर

चिनियाँ परराष्ट्रमन्त्री वाङले हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत नेपालसँग सहकार्य गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । नेपाललाई चीनले दक्षिण एसिया प्रवेशको करिडोरका रूपमा बुझेको र त्यहीअनुसार परियोजना अघि बढाउन चीन प्रतिबद्ध रहेको वाङको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बेग्लाबेग्लै राजकीय भ्रमणका वेला भएका सहमति र समझदारी कार्यान्वनयमा जोड दिएका थिए ।

‘नेपालको व्यापार क्षमता अभिवृद्धि गर्न, हवाई रुट थप विस्तारलगायतका विषयमा चीनको सहयोगको अपेक्षा गरेका छौँ’ परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ थियो । जवाफमा चिनियाँ परराष्ट्रमन्त्री वाङले बेइजिङ र ग्वान्जाओ उडानका लागि तदारुकताका साथ छलफल गर्न चीन तयार रहेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शुक्रवार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com