ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरला नाका सूचारु गर्दा पर्यटकको संख्यामा थप वृद्धिहुने देखिन्छ (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १८ असार । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको उपल्लो मुस्ताङको लोमान्थाङ आसापासका जनताको मुख्य मेरुदण्डको रुपमा रहेको कालीगण्डकी शालिग्राम करिडोर रहेको छ ।

मुस्ताङको चैलेदेखी कालीगण्डकी नदी हुदै हिउ“दको समयमा ट्रकको माध्यामबाट ओसारपोसार गरिने खाद्य सामाग्रीको भरमानै उपल्लो मुस्ताङ वासिले जीवन निर्वाह गर्दै आएका छन् । झण्डै ४ घण्टा कालीगण्डकी नदी हुदै मसिंर देखी जेठ महिनाको अन्तिम सम्म उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका र लोघेकर गाउपालिकाका वासिन्दाहरुले वर्ष भरिका लागि खाद्यान्न सामाग्रीहरु खोलाको बाटो ओसार्न बाध्य भएका छन् ।

मुस्ताङको चैलेदेखि समरहुदै जाने बाटो निकै सांघुरो छ । दुरी लामो हुने गरेकाले उक्त क्षेत्रका बासिन्दाहरुले हिउ“दको समयमा कालीगण्डकी नदीको बाटो हुदै खाद्य सामाग्री ओसार्नु पर्न बाध्यता छ । ढुवानीको सास्ती मात्रै होइन, थप महंगीको मार खानु परेको छ ।सडक पूर्वाधार गतिलो नहुदा ढुवानी पनि उत्तिकै चुनौति छ । वर्षमा एकैपटक ढुवानी गर्नुपर्दा लागत मूल्य समेत बढी हुने गर्दछ । मुस्ताङ कोरला नाका नखोल्दा खाद्यान्न पोखराबाट ढुवानी गर्नेपर्ने बाध्यता भएको व्यवसायी बताउछन् ।

कोरला नाका खोलेर पुरानो बाटोको संरक्षण गर्न सकेको खण्डमा पनि ट्रेकिङमा आउने पर्यटकको वृद्धि गर्न सकिन्छ । ढुवानीको मुख्य आधार सडक समयमै पुरा नहुदा न्यूनतम मानवीय सेवा पाउन कठिन छ । यद्यपी सडक बनाउन प्रयास नभएका त होइनन् । तर सडक निर्माण गर्ने बहानामा झनै सडक बिग्रिदै गएको छ । सडकको जिम्मा लिएका निर्माण कम्पनीको चरम लापरवाहीले भएको सडक पनि अस्तव्यस्त छ । सडकसंगै कोरालानाका गण्डकी प्रदेशकै मुख्य नाका हो । लोमान्थाङ कृषि उर्वर भूमि हो ।कृषि उपजको राम्रो बजारीकरण हुन सकेको छैन । कृषिमा उर्वर लोमान्थाङ भएपनि कृषि बजारको अभाव छ । कृषिमा समेत रोजगारी सिर्जना गर्न सकिन्छ ।

तर राज्यको ध्यान पुग्नै सकेन अझै बेरोजगारीका कारण कारण युवा शक्ति विदेश पलायन भैरहेको छ । प्रकृति र संस्कृतिको संगम मुस्ताङमा कृषि उपजलाई चीनको बजारमा समेत पुराउने सकिन्छ । तर महत्वपूर्ण पूर्वाधार सडक अधुरै छ । चीनको बजारमा उपज पुराउन कोराला नाका खुल्नु अनिवार्य शर्त हो । कृषि र पर्यटनमै अब्बल गन्तव्य लोमान्थाङमा पर्यटकलाई पुराउन सकिन्छ । तर आधारभूत सेवा सुविधा नै मुख्य तगारो छ । संस्कृतिले धनी ग्रामीण क्षेत्र चिनियां पर्यटकको रोजाई हो, तर पर्यटक पुग्ने पहुंच अर्थात सडक संजाल गतिलो छैन ।

उपल्लो मुस्ताङको छोसेरका कोरालानाका नखुल्दा कृषि र पर्यटनमा समस्यै समस्या छन् । पूर्वाधारको समस्या त छ नै, सेवा क्षेत्रमा पनि उत्तिकै समस्या छ । गुणस्तरीय पर्यटन सेवा पाउन मुस्किल छ । सडकमा सुधार भए सेवामा पनि सुधार गर्न सकिने व्यवसायी बतांउछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com