ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेटमा १९९२ पछि पहिलो पटक इंग्ल्याण्डले भारतलाई हरायो


एबीसी न्यूज

काठमाडौं, १६ असार । आइतवार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले भारतको ६ खेलको अपराजित यात्रा टुङ्गाउँदै ३१ रनको जित हात पारेको हो। यस विश्वकपमा भारतको यो पहिलो हार हो। इंग्ल्याण्डले २७ वर्षपछि भारतलाई विश्वकपमा पराजित गरेको हो। सन् १९९२ मा इंग्ल्याण्डले भारतलाई ९ रनले हराएको थियो।

इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो।

जोनी बेयरस्टोबको शतक अनी लियम प्लनकट र क्रिस वोक्सले उत्कृष्ट बलिङ गरेपछि इंग्ल्याण्डले भारतलाई पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको छ।

पछिल्लो दुई खेलमा श्रीलंका र अष्ट्रेलियासँग पराजित भएपछि शीर्ष चारमा पर्न बाँकी दुवै खेल जित्नुपर्ने अवस्थामा इंग्ल्याण्डले भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हो।

जितपछि इंग्ल्याण्डले ८ खेलबाट १० अंक जोडेको छ र २४ घण्टा पछि नै पाकिस्तानलाई पछि पारेको छ। अब इंग्ल्याण्डले लिगको अन्तिम खेलमा न्यूजिल्याण्डसँग खेल्नेछ र उक्त खेल जितेमा सेमिफाइनल पुग्नेछ। पराजित भएमा भने बाँकी खेलको नतिजा कुर्नपर्नेछ।

उता पहिलो हारपछि भारत भने ७ खेलबाट ११ अंकसहित दोस्रो स्थानमै यथावत छ। ८ खेल खेलिसकेको न्यूजिल्याण्ड भारत समान ११ अंक भएपनि रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ। ८ खेलबाट १४ अंक रहेको अष्ट्रेलियाले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।

सेमिफाइनल पुग्नका लागि भारत, न्यूजिल्याण्ड र इंग्ल्याण्डसँगै पाकिस्तान र बंगलादेश पनि होडमा छन्।

बंगलादेशले पाकिस्तानसंग अन्तिम खेल खेल्नुअघि भारतसँग खेल्नेछ। भारतले अन्तिम खेल श्रीलंकासँग खेल्नेछ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जोनी बेयर्स्टोको शतक मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनाएको थियो। इंग्ल्याण्डका लागि जोनी बेयर्स्टोवले शतक र ज्यासन रोए र बेन स्टोक्सले अर्धशतक प्रहार गरे।

शानदार सुरुवात गरेको इंग्ल्याण्डका लागि ज्यासन रोए र बेयर्स्टोबले पहिलो विकेटका लागि २२।१ ओभरमै १६० रनको साझेदारी गरेका थिए। बेयर्स्टोवले १०९ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा १११ रन बनाए। यस्तै स्टोक्सले ५४ बल खेल्दै १० चौका र ६ छक्काको मद्दतमा ७९ रन जोडे।

चोटका कारण ३ खेल खेल्न नपाएका रोएले पुनरागमनका ६६ रन बनाए। उनले ५७ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे।यस्तै जो रुटले ४४ र जोस बटरलरले २० रन योगदान गरे।

आक्रमक ब्याटिङ गर्दै ३० ओभरमै १ विकट मात्र गुमाएर ३०१ रन बनाएको इंग्ल्याण्डले त्यसपछि भने भारतीय बलरले पुनरागमन गर्दा बाँकी २० ओभरमा ६ विकेट गुमाएर १३६ रन मात्र जोड्न सक्यो।

भारतका लागि मोहम्मद शामीले ५ विकेट लिए। उनले १० ओभरमा १ ओभर मेडन राख्दै ६९ रन खर्चे। भारतका लागि किफयाती बनेका जसप्रित बुमराहले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर १ विकेट लिए। तर युजभेन्द्र चाहालले भने विश्वकपमा भारतको सबैभन्दा मँहगा बलर बन्ने क्रममा १० ओभरमा ८८ रन खर्चिए।

कीर्तिमानी लक्ष्य पछ्याएने क्रममा भारतले ओपनर केएल राहुललाई सुरुमै गुमाएको थियो। तेस्रो ओभरमै क्रिस वोक्सले राहुललाई कट एण्ड बोल्ड गर्दै घरेलु टोलीलाई पहिलो सफलता दिलाएका थिए। तर दोस्रो विकेटका लागि अर्का ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीले १३८ रनको साझेदारी गरे। यस विश्वकपमा लगातार पाँचौ अर्धशतक प्रहार गर्ने क्रममा विराटले ६६ रन बनाए। उनले ७६ बल खेल्दै ७ चौका प्रहार गरे।

विराट आउट भएपछि रोहितले विश्वकपमा डेब्यु गरिरहेका ऋषभ पन्तसँग तेस्रो विकेटका लागि अर्धशतकिय साझेदारी गरे। तर ३७औं ओभरको पहिलो बलमै रोहित आउट भए। रोहितले १०९ बल खेल्दै १५ चौकाको मद्दतमा १०२ रन बनाए। उनी यस विश्वकपमा तेस्रो शतक प्रहार गर्ने पहिलो खेलाडी बने। रोहित आउट हुँदा भारत १९८(३ को अवस्थामा थियो। ४०औं ओभरमा ऋषभ पन्त ३२ रन बनाएर आउट भएपछि भारतले २२६ रन बनाउँदा चौथो विकेट गुमायो।

त्यसपछि हार्दिक पाण्ड्या र महेन्द्र सिंह धोनीले भारतीय इनिङ्सलाई अगाडि बढाएका थिए। तर ४५औं ओभरको पाँचौ बलमा हार्दिक आउट भएपछि भारतले २६७ रनमा पाँचौ विकेट गुमायो। हार्दिकलाई लियम प्लनकटले जेम्स भिन्सबाट क्याचआउट गराए। त्यसपछि धोनी र केदार जादवले अन्त्यसम्म ब्याटिङ गरेपनि भारतलाई जिताउन सकेनन्। धोनीले नटआउट ४२ रन बनाए।

इंग्ल्याण्डका लागि लियम प्लनकटले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए। यस्तै क्रिस वोक्सले १० ओभरमा ३ ओभर मेडन राख्दै ५९ रन खर्चेर २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com