ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय वृक्षारोपण दिवस – शहर र सडक हरियाली बनाउने उदेश्य (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं १५ असार । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने निर्णय गर्दै देशभर वृक्षारोपण अभियान शुरु गरेको छ । शहर र सडकलाई हरियाली बनाएर वातावरण स्वस्थ बनाउन वृक्षारोपण अभियान शुरु गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । वृक्षारोपणले पर्यावरणीय सन्तुलन राख्ने, धुलो धुवालाई नियन्त्रण गर्ने भन्दै सवैले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

सरकारले शनिबारबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक कार्यक्रमका बीच कोटेश्वर – कलंकी सडकखण्ड बिरुवा रोपेर अभियानको शुरुवात गरेका हुन् । सरकारको सक्रियता, सरकारका विभिन्न तह र तप्काका निकायहरु, विभिन्न संघंसस्थाहरु, सरकारको निर्देशन अनुसार सत्तारुढ दलका भ्रातृसंगठनहरु वृक्षारोपणमा सहभागी भएका छन् । काठमाडौंको कोटेश्वर – कलंकी सडकखण्डमा वृक्षारोपण गरिएको हो । सडक खण्डका विभिन्न स्थानमा बोटबिरुवा, फलफुलका विरुवा रोपिएको छ । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने समेत निर्णय गरेको छ । शहर र सडकलाई हरियालीयुक्त र हराभर बनाउनको वृक्षारोपण गरिएको अभियान शुरु गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । वृक्षारोपणलाई देशभर सञ्चालन गर्ने र वर्षेनी निरन्तरता दिने उनको भनाइ छ ।

दिनानुदिन उजाड र प्रदुषित हुँदै गइरहेको काठमाडौंको वातावरण, शनिवार कोटेश्वर सडक खण्डमा वृक्षारोपण गर्नुले सर्वसाधारणले यसलाई सरकारको महत्वपूर्ण कदमको रुपमा लिएका छन् । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेका कारण राजधानीका सडकलाई स्वच्छ र हरियाली बनाउन थाल्नु पर्यावरणीय दृष्टिले मात्र नभइ पर्यटकको आगमनको दृष्टिले सरकारको यो कदम महत्वपूर्ण हुने सर्वसाधारण बताउँछन् । बाइट… श्रीकृष्ण उप्रेती, सर्वसाधारण
प्रदुषित काठमाडौंका सडक वरपर बोट बिरुवा रोप्दा धुलो धुवा नियन्त्रण हुने हुनाले सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । यसले प्राकृतिक र शहरको सौन्दर्यता बढाउने उनीहरुको भनाइ छ । बाइट… दिपक ओली, सर्वसाधारण
सरकारले यसपटक २६०० बिरुवा रोप्ने बताएको छ । आगामी ३ वर्षभित्र ३ करोड बिरुवा र फलफुल रोप्ने जनाएको छ । वृक्षारोपण अभियान शुरु गरेपनि काठमाडौंका विभिन्न खडक खण्ड र काठमाडौं बाहिर पनि विभिन्न शहरमा वृक्षारोपण गर्नु आवश्यक रहेको सर्वसाधरण बताउछन् ।

सरकारले विभिन्न कार्यक्रमहरु यसअघि गरेपनि त्यसलाई निरन्तरता, संरक्षण र सम्बद्र्धन गर्न नसकेको नजिरहरु छन् । एक दिन वृक्षारोपण त गरियो तर रोपेकै बिरुवाको संरक्षण कसले कसरी गर्ने हो त्यसको भन्ने ठेगान नभएको स्थानियको गुनासो रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रोपिएको विरुवाको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मा आम सर्वसाधारणकै भएको बताएका छन् । विरुवा रोप्ने निकायलाई विरुवा हुर्काउनमा विशेष ध्यान पुर्याउने समेत प्रधानमन्त्री निर्देशन दिए ।

स्वच्छ र हराभरा काठमाडौं र सिंगो नेपाल बनाउन चालिएको यो कदम प्रशंशनिय छ । सरकारी घोषणा जस्तै यसले निरन्तरता पायो भने पक्कै पनि शहरको मुहार फेरिन धेरै समय लाग्दैन । सरकारको मुख नताकी आफु अनुकुल आवश्यक ठाउँमा स्वस्फुर्त रुपमा बिरुवा रोप्न र हुर्काउन नागरिक यस तर्फ लाग्न आवश्यक छ । हैन भने सरकारलेमात्र एक दिन दिवश मनाउदैमा यसले सार्थकता पाउन सक्दैन । रोपिएका विरुवाहरुको संरक्षरण गर्न आम नागरिकको दायित्व भित्र पर्न जान्छ त्यसैले हामी सवैले विरुवाको संरक्षण गरि सचेत नागरिको परिचय दिउँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com