ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा मनाइँदै खल्लो इद


admin

बहालपुर (पाकिस्तान), १२ असार । पाकिस्तानको पञ्जाव प्रान्तमा आइतबार भएको तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी १५३ जनाको ज्यान गएपछि पाकिस्तानमा इद पर्व खल्लो भएको समाचार छ ।

सोमबार सुरु भएको इदको पूर्व सन्ध्यामा आइतबार बिहान तेल ट्याङ्कर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५३ पुगेको समाचार अधिकारीहरुले दिएका छन् ।

अधिकांश पाकिस्तानीहरुले सोमबार बिहान सुरु भएको यस पर्वलाई उक्त समाचारसँगै यसवर्षको यहाँको इद पर्व नै निकै खल्लो महसुश भएको बताएका छन् ।

आइबारको सो आगलागीमा परी अन्य सयौं व्यक्ति घाइते भएका छन् । प्रमुख सहरको बाहिरी इलाकामा रहेको बहालपुरमा अवस्थित एक अस्पताल परिसरमा उक्त आगलागीमा परी मृत्यु भएका आफ्ना आफन्तजनको शव बुझ्नेको भिड लागेको छ ।

पाकिस्तानबाट प्राप्त समाचारमा भनिएको छ– एकातर्फ उक्त अस्पतालमा शब बुझ्नेहरुको भिड लागेका दृश्यहरु टेलिभिजनमा देखाइएका छन् भने अर्कातर्फ इदको शुभकामन साटासाट गर्नेहरुको चहलपह पनि त्यत्तिकै छ ।

जलेर मृत्यु भएका आफन्तको शब बुझ्नेको भिडका दृश्यले सबैलाई खिन्न बनाएको छ– अधिकारीहरुले जनाएका छन् ।

लन्डनको भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो भ्रमण छोट्याई सोमबार बिहान स्वदेश फर्किनुभएको छ । उहाँ सोमबारै बिहान घटानास्थलमा पुगेर सो घटनामा परेका आफन्तलाई समवेदना प्रकट गर्नुभएको बताइएको छ ।

बहालपुर जिल्लामा भएको घटनामा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५३ पुगेको र घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या केही बढ्न सक्ने अनुमान गरिएको छ ।

बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो ।

सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको करिब ४० हजार लिटर तेल पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीका शिकार भएका थिए । रासस ÷एएफपी

पाकिस्तानमा मनाइँदै खल्लो इद

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com