
काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । केही दिनअघि काठमाडौंका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
नैकापका ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उनलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर कार्कीले सिरिन्जले आक्रमण नगरेको दावी गरेका छन् ।
प्रहरीका अनुसार कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् । यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्