काठमाडौं ८ कात्तिक । चिनियाँ राष्ट्रपति शी चिनफिङले पार्टीका शीर्ष नेताहरुको नाम सार्वजनिक गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले शीलाई पुनः महासचिवमा निर्वाचित गरेको छ । लगतै ६४ वर्षीय शीले सात सदस्यीय स्थायी कमिटीको घोषणा गरेका छन् । यो समूह नै चीनको शक्तिशाली नेताहरु समूह हो ।
स्थायी कमिटीमा आएका मध्ये ५ नयाँ हुन् । राष्ट्रपति शीसँगै प्रधानमन्त्री लि खछ्याङ बाहेक अरु नयाँ हुन् । लि झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लिजी र हान झाङ छन् ।
सामान्यतया स्थायी समितिमा एक उदयीमान नेतालाई पछि ल्याइन्थ्यो । तर, शीले यो परम्परा तोडेका छन् ।
यो पटक स्थायी कमिटीमा आउने अपेक्षा गरिएका ग्वानडोङका पार्टी प्रमुख हु चुनवा र चोनचिङ पार्टी प्रमुख चेन मिनर अटाएनन् । उनीहरु दुबैलाई सीको सम्भावित उत्तराधिकारीका समेत हेर्न थालिएको थियो । तर, अब त्यो सम्भावना रहेन ।
झाउ लिजीलाई भ्रष्टाचार विरोधी आयोगको प्रमुख बनाइएको छ ।
स्रोत ः सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्