ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक विधेयक प्रस्ताव बहुमतले पारित


एबीसी न्यूज
असार ५, २०७६ बिहीबार  ५ : ५१ बजे

 

 

काठमाडौं, ५ असार ।  प्रदेश नंं १ प्रदेशसभाको आज बैठकले आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ ९१० बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पेश गर्नुभएको सो प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । यसअघि बैठकमा मन्त्री आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट प्राथमिकताबाट विचलित नभएको स्पष्ट पार्नुभयो ।

आर्थिक वर्ष २०७६/७७ का लागि राजश्व तथा आयव्ययको वार्षिक अनुमानमाथि प्रदेशसभा नियमावली, २०७४ को नियम ११५ (१) बमोजिम सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले संविधानले दिएको अधिकारको धरातलबाट आएको यो बजेटमा विनियोजन गरेको रकम शत्प्रतिशत खर्च हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री आङ्बोले सङ्घीयता कार्यान्वयनमा प्रदेश सरकारले नमूना कायम गरेको छ भन्दै प्राकृतिक स्रोतको बाँडफाँट वित्त आयोगको सिफारिशमा हुने जानकारी दिनुभयो । समानीकरण अनुदान संवैधानिक अधिकारबाट प्राप्त हुने बताउँदै उहाँले प्रदेशको समग्र विकासका लागि कृषि, पूर्वाधार, खानेपानी, सिँचाइ, पर्यटनजस्ता विषयमा विनियोजन गरेको बजेटले मद्दत गर्नेछ भन्नुभयो ।

मन्त्री आङबोले बजेट अनुदानमा आधारित नभएर कृषिको उत्पादनमा जोड दिएको बताउनुभयो ।आर्थिक विधेयक, २०७६ माथिको छलफलमा सदस्य कुलप्रसाद साम्वा, विमल कार्की, राजकुमार ओझा, लीला सुब्बा र सञ्जाकुमारी दनुवारले विधेयक राम्रो भए पनि यसलाई परिणाममुखी र व्यावहारिक बनाउन यसको परिमार्जन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

टिनको छानोमा बास ः नेकपा सांसद, विक भिडियो

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com