ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप महिला क्रिकेट ,प्रदेश नं २ विजयी


एबीसी न्यूज
असार ४, २०७६ बुधबार  ७ : ३४ बजे

 

काठमाडौं, ४ असार । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नं २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै जित हात पारेको छ ।

टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९।२ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कर्णालीका लागि रविना चौधरीले सर्वाधिक १३ र लक्ष्मी रिमालले आठ रनको योगदान गरेका थिए । प्रदेश नं २ का तर्फबाट शान्ति चौधरीले तीन विकेट हात पारिन भने गोमा आले, आरती चौधरी, कविता गौतम र शोभा आलेले समान एक विकेट लिए ।

प्रदेश नं २ ले ५९ रनको लक्ष्य ६।१ ओभरमा एक विकेटको क्षति बेहोर्दै सजिलै लक्ष्य भेट्टाएको थियो । प्रदेश २ का लागि शान्ति चौधरी र निरकुमारी बलमपाकीले सर्वाधिक क्रमशः १८ र १५ रन बनाएका थिए । कर्णालीका सरिता जिसीले एक विकेट हात पारिन् । म्यान अफ दि म्याच प्रदेश २ की शान्ति चौधरी घोषित भइन् ।

यही असार ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु तीन लाख पुरस्कार दिइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई रु ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्सओमेनलाई रु १५ हजार बराबरको खेल सामग्री दिइने छ भने प्लेयर अफ द म्याचलाई रु २५ सय बराबरको पुरस्कार दिइने छ । प्रतियोगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com