असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढ्यो



 

 काठमाडौं, ३० जेठ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिनुभयो । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको बताउनुभयो । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

    Comment Here!


सम्बन्धित समाचार

View All