ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एतिहासिक जानकी मन्दिरले र उद्योगहरुले विद्युत महशुल नर्तिदा बक्यौता रकम बढ्दै ( भिडियोसहित)


एबीसी न्यूज


धनुषा, ३० जेठ । धनुषामा मठ मन्दिरसहित सरकारी तथा नीजि उद्योगहरुले समयमै विद्युत महशुल नर्तिदा कार्यालयहरुको बांकी बक्यौता बढ्दै गएको छ । अधिकांश सरकारी, नीजि कार्यालय र मठ मन्दिरहरुले विद्युत प्राधिकरणलाई समयमा विद्युत महशुल नर्तिदा बक्यौता रकम बढ्दै गएको हो ।

मिथिलाको प्रसिद्ध धार्मिक एवं एतिहासिक जानकी मन्दिरले वर्षौदेखि विद्युत महशुल नर्तिदा मन्दिरमाथि ६८ लाख भन्दा बढी बक्यौता बांकी रहेको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र कार्यालयले जनाएको छ । विद्युत महशुल नतिर्दा पटक पटक मन्दिरमा जोडिएको विद्युतको लाईन काटिएको छ । तरपनि विभिन्न दबावका कारण लाइन जोड् आफुहरु बाध्य भएको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका कार्यालय प्रमुख सुर्यारायण मण्डल बताउंछन् ।

जानकी मन्दिरले चार वटा विद्युत मिटर प्रयोग गरिरहेको छ । जसमध्ये मन्दिरभित्र दुई वटा रहेका छन् भने जानकी मन्दिर परिसर भित्रै रहेको लक्ष्मण मन्दिर र रामजानकी विवाह मण्डपमा गरी अरु दुई मिटर रहेका छन् । मन्दिरको पहिलो मिटरमा ३ लाख ६ सय २० रुपैया १३ पैसा, दोस्रो मिटरमा ५२ लाख चार हजार ९ सय ५०, तेस्रो मिटरमा ५५ लाख ६ हजार ६ सय ९७ र रामजानकी विवाह मण्डप स्थित रहको मिटरमा सातलाख ७४ हजार २ सय ३२ रुपैयाँ गरी जम्मा ६८ लाख ३६ हजार ५ सय १ रुपैयाँ ५६ रुपैयां रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

मन्दिरले विद्युत महशुल नतिर्दा पटक पटक विद्युतको लाईन काटिए पनि आर्थिक चलखेल गरी पुनः विद्युत जडान हुने गरेको स्रोतको दावी छ । मन्दिरमाथि लाखौं रकम बक्यौता हुँदा पनि कार्यालयको फितलो व्यवस्था र कर्मचारीहरु लोभमा परेर पुनः विद्युत जडान गरिएको हो ।
यता जानकी मन्दिरका छोटा महन्थ राम रोसन दासले विद्युत महसुल धेरै पहिलादेखि रहेको स्वीकार गर्छन् । मन्दिरभित्र करिब एक दसक अघि विभिन्न कार्र्यालयहरु संचालनमा हुँदा विद्युत प्रधिकरण एक पटक पनि ताकेता नगरेको अहिले बारम्बार महशुल तिर्न बाध्य बनाएको भन्दै महशुल तिर्न नसक्ने बताए ।

मन्दिरका छोटा महन्थ रामरोसन दास बैष्णवले मन्दिरमा रकम नभएको बताए पनि मन्दिरको एक वर्षको बाहिरी आम्दानी मात्र १ करोड भन्दा बढि छ । विद्युत महशुल तिर्न शिवालय मन्दिरले २४ लाख ५ हजार ६ सय २७ रुपैयाँ ७८ पैसा र कपिलेश्वरनाथ महादेव मन्दिरले तीन लाख ३१ ह्जार ८ सय ९४ रुपैयाँ ९० पैसा रहेको छ ।

जिल्लामा रहेको सरकारी कार्यालयहरुले समेत समयमा विद्युत महशुल तिर्ने गरेका छैनन् । जिल्ला अधिकांश सरकारी कार्यालयमाथि लाखौं रकम बक्यौता रहेपनि विद्युत महशुल नतिर्दा बक्यौता रकम दिनानुदिन बढदै गएको छ । सडक विभागको २७ लाख ७ हजार ६ सय सात रुपैयां बक्यौता रहेको छ । यस्तै, निर्वाचन आयोग कार्यालयले प्रयोग गर्दै आएको तीन वटा मिटर मिलाएर ६ लाख ९० हजार ९ सय ७५ रुपैयाँ ७७ पैसा बक्यौता रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिको ८ लाख ३५ हजार ५ सय ७२ रुपैयाँ १३ पैसा बक्यौता बाँकी रहेको छ । यस्तै कृषि फर्म भनेर लिइएको मिटर माथि साढे ९ लाख भन्दा बढी, पशु विकासको तीन लाख ६ हजार ४०, अतिथि ग्रृहले प्रयोग गर्दै आएको दुई वटा मिटर मिलाएर ८ लाख १२ हजार ७ सय २४ रुपैयाँ ३६ पैसा, नेपाल रेडक्रस सोसाईटीको ५ लाख ६७ हजार ९ सय ३० रपैयाँ ५६ पैसा र जिल्ला मालपोत कार्यालयको दुई लाख ४ हजार ५ सय ४ रुपैयाँ बक्यौता रहेको छ ।

आम सर्वसाधारणसंग एक रुपैयां पनि नछोड्ने विद्युत प्राधिकरणले सरकारी कार्यालयको बक्यौता उठाउन नसकेको भन्दै स्थानीय बासिन्दाले भने रोष प्रकट गरेका छने । विद्युत महशुल नतिर्ने जोसुकैलाई कानुनी कार्वाही गर्न उनीहरुले माग गरेका छन् ।

सरकारी कार्यालय र मठमन्दिरले समयमा विद्युत महसुल नतिर्दा प्राधिकरण भने विभिन्न समस्या झेल्न बाध्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com