ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाल्पामा एक सय दश जनालाई रोजगार प्रदान


एबीसी न्यूज

 

पाल्पा, २८ जेठ ।  प्रधानमन्त्री रोजगार कार्यक्रम रिब्दीकोट गाउँपालिकाले शुभारम्भ गरेको छ । बेरोजगारलाई रोजगार दिन गाउमा कार्यक्रम शुभारम्भ भएको हो । गाउ सरकारले एक सय बढी बेरोजगारलाई रोजगारी दिन थालेको हो ।

पाल्पाको रिब्दीकोट गाउँ पालिकाले एक सय दश जना महिला र पुरुषलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको १४ लाख रुपैयाको बजेटबाट ६३ जनालाई रोजगारी दिइएको छ । त्यसैगरि गाउँपालिकाको बजेटबाट ४७ जना थप गरि एक सय दश जना रोजगारी भएका हुन् ।रिव्दीकोट गाउँपालिकाले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा ८० प्रतिशत महिला रहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँ गाउँमै रोजगारी पाएपछि स्थानीय खुशी भएका छन्  ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी पाएका ६३ जनाको निरन्तरताका लागि गाउँपालिकाले सहयोग गर्ने भएको छ । गाउँपालिकाले प्रत्येक वडा वडामा स्थानीयबासीलाई रोजगारीको अवसर दिएको छ । गाउँपालिकाले तोकेको काम गर्न ईच्छुक सबै स्थानीयलाई रोजगारीको व्यबस्था गर्ने जनाएको छ । आगामी वर्षको बजेटमा स्थानीयलाई रोजगारी दिने कार्यक्रम प्राथमिकताकासाथ सम्बोधन गर्ने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीय बेरोजगारहरुको पहिचानबाट रोजगार दिएको हो । स्थानीय तहले आफै पूर्वाधारसंग जोडिएका विभिन्न काम सम्पन्न गर्न आवस्यक सामाग्री खरिद गर्नेछ । काम गर्न गाउँपालिकाले गैटी बेल्चा,गल, हसिया, डोको लगाएत निमार्ण सामार्गी गरि उपलब्ध गराउने भएको छ । श्रम गर्न चाहाने स्थानीलाई स्थानीय सरकारको परिचालनमा काम गर्नुपर्नेछ ।

न्यूनतम पारिश्रमिकको व्यवस्था गरि स्थानीय बेरोजगारलाई अवसर प्राप्त हुनेछ । कामदारहरुले सडक सरसफाई, नाली सफा गर्ने, पहिरो पन्छाउने, सामुदायिक वनमा जुडिबुटी, फलफुल लगाउने, गाउँपालिका भित्र आकस्मिक सबै किसिमका कामहरु गर्नु पर्नै छ । गाउँपालिका भित्र विविध भौतिक काम गरेर उनीहरुले रोजगारी प्राप्त गर्नेछन् । निर्माण सामाग्री खरिद गरेर गाउँमा काम दिने र गाउँमा बेरोजगारी तथा गरिबी अन्त्य गर्ने योजना गाउँपालिकाको योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताए ।

सरकारी लक्ष्य अनुसार स्थानीय सरकारले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई साथ दिन सक्यो भने गाउँमै रोजगारी प्राप्त हुनेछ । यसले गाउँको गरिबी घटाउने नै छ । यतिमात्रै होइन स्थानीयमा परिवर्तनको अनुभुति समेत दिने निश्चित छ । यसर्थ रिब्दीकोट गाउपालिकाले यसलाई निरन्तरतासंगै अझै सक्रृयताकोसाथ प्राथमिकता दिन सके बेरोजगार घटाउन, रिब्दीकोटगाउँपालिका देशकै नमुना गाउँपालिका बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com