ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्पप्रति युद्धमा मारिएका अमेरिकी सैनिककी पत्नीको आक्रोस


admin

काठमाण्डौं, ७ असोज । युद्धका क्रममा मारिएका एकजना अमेरिकी सैनिककी श्रीमती मेसिया जनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले समवेदना व्यक्त गर्दा आक्रोस व्यक्त गरेकी छन् । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न टेलिफोन गर्दा आफ्ना मृतक श्रीमान् सैनिकको नाम सम्झन नसकेको भन्दै मेसिया जनसनले दुःख र आक्रोस व्यक्त गरेकी हुन् ।

नाइजरमा इस्लामिक अतिवादीहरुले गरेको आक्रमणमा उनका श्रीमान् सार्जेन्ट ला डेभिड मारिएका थिए । त्यस क्रममा अरु तीन जना अमेरिकी सैनिकको समेत मृत्यु भएको थियो । मृतक सार्जेन्ट ला डेभिडकी श्रीमती मेसिया जनसनले अमेरिकी टेलिभिजन एबीसी न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पको टेलिफोनले आफूलाई झनै रुवाएको बताएकी थिइन् । राष्ट्रपतिले आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको थाहा पाउँदा आफूलाई सबैभन्दा धेरै चोट पुगेको उनले बताइन् । उनले आफ्ना श्रीमान देशका लागि लड्न गएको र देशकै लागि ज्यान दिए पनि राष्ट्रपतिले नामसमेत सम्झन नसक्नु दुःखद भएको बताइन् ।

राष्ट्रपति ट्रम्पले मृतककी श्रीमतीलाई फोन गर्दा गैरसंवेदनशील भएको भनेर डेमोक्रयाटिक कंग्रेस वुमन फ्रेडरिका विल्सनले आरोप लगाएकी थिइन् । विपक्षी नेतृको दाबीलाई मृतक सैनिककी श्रीमतीले पुष्टि गरेकी हुन् । तर सामाजिक सञ्जाल ट्वीटरमा भने सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले ती महिलासँग सम्मानजनक वातावरणमा कुराकानी भएको बताएका छन् । उनले टेलिफोन वार्ताको शुरुदेखि नै आफूले मृतक सैनिकको नाम लिएको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

अफगानिस्तानले गर्‍यो पाकिस्तानमा आक्रमण, १२ सैनिक मारिएको तालिबानको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com