ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भानु जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्छ– वरिष्ठ नेता पौडेल


एबीसी न्यूज

काठमाडौं, २६ जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मथलो चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने आवश्यकमाथि जोड दिनुभएको छ ।

तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै उहाँले निर्माण भएको गुरुयोजना अनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “नेपाली भाषाका धरोहर आदिकविको जन्मथलोको विकासका लागि साहित्यिक उद्यानको गुरुयोजना बनाएका थियौ, तर राजनीतिले अर्कै मोड लिएपछि चुँदी क्षेत्रसमेत ओझेलमा पर्न थाल्यो ।” स्थानीयवासी अग्रसर हुने हो भने चुँदीरम्घाको विकासका लागि आफूले नेतृत्व लिन तयार रहेको उहाँले बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “साहित्यमार्फत पर्यटन विकास गर्न सम्भव छ, चुँदीरम्घालाई साहित्यिक उद्यानको रुपमा विकास गर्न बजेटको कमी हुँदैन । अन्तर्राष्ट्रिय स्तरबाट समेत लगानीको प्रतिबद्धता भइसकेको छ ।”

फरक प्रसङ्गमा बोल्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेस चुनावमा पराजित भएपछि विकासका योजना अलपत्र परेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “विकास गर्न चिन्तन, योजना र देशभक्ति आवश्यक पर्छ, तर सरकार अहिले यो विषयमा अलमलिएको जस्तो देखिएको छ ।”

वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, उर्जा विकास र पर्यटनमार्फत् देश समृद्ध बन्न सक्ने भएकाले सरकारले यी विषयलाई प्राथमिकतामा राखेर विकास योजना बनाउनुपर्नेमा सुझाव दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पुल निर्माणसँगै चुँदीरम्घाको पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

तत्कालिन जिल्ला विकास समितिमार्फत विसं २०७३ वैशाख १६ गते शुरु भएको पुलको निर्माण कार्य विसं २०७५ वैशाख १३ गते सम्पन्न भएको थियो । रु दुई करोड ८९ लाख ३४ हजार ४७ को लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई २५ मि र चौडाई ४/२५ मि रहेको जिल्ला समन्वय समितिका इञ्जिनीयर सुरेश अधिकारीले जानकारी दिनुभयो ।

पुल निर्माणभएसँगै स्थानीयवासीलाई सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण नहुँदा वर्षायाममा चुँदी खोलाले मानवीय क्षति पुगेको थियो, अब भने सहज भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com