ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रममा १२० लाई रोजगारी


एबीसी न्यूज
जेष्ठ २६, २०७६ आईतबार  ७ : ४६ बजे

काठमाडौं, २६ जेठ ।  पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरिएको छ । सो कार्यक्रममार्फत स्थानीय तहमा रहेका १२० बेरोजगार युवालार्ई रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १२० जनाले एक महीनाको अवधिसम्म काम गर्न पाउनेछन् । प्रत्येक कामदारको दैनिक रु ५१७ ज्याला रहेको गाउँपालिका प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो । युवाले रिब्दीकोट गाउँपालिकाको जलेश्वर, पालुङ, ठिमुर क्षेत्रमा रही वृक्षरोपण, गह्रा सुधार, बाटो निर्माणलगायतका काममा आजदेखि नै खटिएका छन् ।

गाउँपालिकाले जलेश्वर मन्दिर क्षेत्रमा जडीबुटी उद्यान बनाउने योजना बनाएको छ । मन्दिर क्षेत्रमा १० हजार टिमुर, दालचिनी र कपाललगायतका जडीबुटी लगाउने कार्यक्रम रहेको छ ।बेरोजगार युवाका लागि साउनदेखि आवेदन परेका सबैलाई रोजगारी प्रदान गरिनेछ । रोजगार पाउने व्यक्तिलाई आवश्यक सामग्रीसमेत पूर्वउद्योगमन्त्री तथा पाल्पा निर्वाचन क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेय, प्रदेशसभा सदस्य वीरबहादुर राना, रमा घर्ती, पूर्वसांसद यादवबहादुरले हस्तान्तरण गर्नुभयो ।

युवालाई आवश्यक प्राथमिक उपचार र झोलालगायतका सामग्री हस्तान्तरण गरिएको छ ।गाउँमै रोजगार पाएपछि स्थानीयस्तरमा बेरोजगार रही बसेका युवा खुशी बनेका छन् । पहिलो चरणमा रिब्दीकोट गाउँपालिकाका ५, ६ र ७ नं वडाका बेरोजगार युवाले रोजगार पाउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार प्रक्रियागत देखिन्छ ः वरिष्ठ अधिवक्ता कोइराला , भिडियो

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

सम्बन्धित

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com