ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन


एबीसी न्यूज

काठमाडौं, २४ जेठ । प्रदेश नं ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाहरुले औँल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरे ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा अर्थ, उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भएपछि वातावरण समिति अनुगमनमा नगएको बताउनुभयो । “सबै अनुगमनमा जाने तर परिणाम केही नहुने देखेपछि हामी अनुगमनमा नजाने निर्णयमा पुगेका हौँ”, उहाँले भन्नुभयो, “तर वास्तविक अनुगमनको अधिकार वातावरण समितिलाई छ ।”

सभापति न्यौपानेले कानून तयार भइसकेको र कानून कार्यान्वयनमा आएपछि समस्या समाधान हुने बताउनुभयो । प्रदेश लेखा समिति सदस्य वैजनाथ कलवारले नदीमा चरम दोहनको अवस्था रहिरहे साउनपछि खोलामा माटो मात्र हुने बताउनुभयो । कलवारले अनुगमनका क्रममा क्रसरहरु अवैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको बताउनुभयो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैधरुपमा भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाउनुभयो । खोलामा एक्साभेटर पस्नासाथ ध्वस्त हुने गरी दोहन भयो भन्नु अधुरो टिप्पणी भएको तर्क गर्नुभयो ।

तत्कालीन जिल्ला विकास समिति रुपन्देहीका उपसभापति रामचन्द्र ढकालले नदीको दोहन चरम रुपमा भइरहेकाले नियन्त्रण जरुरी रहेको धारणा राख्नुभयो । उहाँले विकास निर्माणका लागि नदीजन्य पदार्थ निकाल्नु स्वभाविक भए पनि अवैध उत्खननलाई रोक्नुपर्ने बताउनुभयो ।

वातावरणविद् प्राडा नारायण कँडेलले विकास निर्माण गर्दा वातावरणीय पक्षलाई सरोकारवालाले ध्यान दिन नसकेको धारणा राख्नुभयो । वातावरणीय पक्षलाई ख्याल नगरी हुने दोहनले भविष्यमा विकराल समस्या उत्पन्न गर्नेतर्फ उहाँले सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com