ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका नदी खोला कोरिडोरबाट ट्राफिक व्यवस्थापनमा सहज , करिडोर क्षेत्रमा प्रदुषण बढ्दै गएकोमा चिन्ता


एबीसी न्यूज

काठमाडौं, २४ जेठ । उपत्यकाको सवारी चापको नियन्त्रण र नदीखोला आसपासको जग्गा संरक्षण एवम् सौन्दर्य वृद्धिको लक्ष्यसहित २०३३ सालमा करिडोर निर्माणको योजना भएको हो । गोकर्ण दोभानदेखि बल्खुसम्म २५ किलोमिटर लामो वाग्मती करिडोर निर्माण तीन चरणमा गरिएको थियो । ४३ वर्ष बितिसक्दा पनि करिडोर निर्माण योजनाको दोस्रो र तेस्रो चरणको काम अझै सम्पन्न हुन सकेको छैन । सम्पन्न भएको केही करिडोर क्षेत्रमा भने सवारी चाप बढ्न थालेका कारण ट्राफिक दुर्घटनाहरुको सम्भावना बढ्दै गएको आमनागरिकले बताएका छन् ।

पहिलो चरणअन्तर्गत सुन्दरीजलदेखि गोकर्णसम्म आठ किलोमिटर, दोस्रो चरणमा गोकर्णदेखि पशुपतिसम्म तीन किलोमिटर र तेस्रो चरणअन्तर्गत तिलगंगादेखि बल्खुसम्म १४ किलोमिटरको क्षेत्रफलमा नदीखोला वरपर करिडोर निर्माण कार्य अगाडी बढीरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताएको छ । नापीको नक्सा अनुसार काठमाडौं उपत्यकामा बग्ने प्रमुख नदीखोलाको डिलबाट दाया–बाया बीस मिटर छोडेर मात्रै निर्माण गर्न पाउने नेपाल सरकारको भवन निर्माणको मापदण्ड छ । नदीखोलाको खाली रहेको यीनै क्षेत्रफलमा करिडोर निर्माणको काम भईरहेको प्राधिकारणले जनाएको छ । अहिले करिडोर निर्माणको काम केही सम्पन्न भईसकेको र केही भर्खर सुरु भईरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणमार्फत धोवीखोला करिडोर सुधार आयोजना निर्माणको काम भईरहेको छ भने बाग्मती, विष्णुमती र मनोहरा लगायतका अन्य सबै नदीखोला क्षेत्रको करिडोर निर्माण तथा व्यवस्थापनको काम अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितीमार्फत भईरहेको छ ।

करिडोर क्षेत्रमा सवारी आवतजावत भएपछि मूल सडकलाई पर्ने चापमा केही राहत पुगेको छ । करिडोर निर्माण कार्य सराहनिय भन्दै आम नागरिकले पनि सरकारको यस कामप्रति सन्तुष्टि जनाएका छन् ।  करिडोर निर्माणलाई थप वैज्ञानिक र व्यवस्थित गर्नु पर्ने पनि केहीले बताएका छन् । सडकमा भएको खाल्डाखुल्डी भएको र कतिपय ठाउँमा भने आवतजावतमा समस्या आईरहेको प्रति भने कहीले गुनासो गरेका छन् ।

नदीखोला वरपर निर्माण भईरहेको करिडोर क्षेत्रमा प्रदुषणको समस्या भने बढ्दो छ । ढल र फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा यस क्षेत्रमा बसोबास गर्ने स्थानीयबासी र पैदल यात्रीहरु बढी मारमा परिरहेका छन् ।  करिडोर क्षेत्रमा सवारी साधनहरु पहिले भन्दा धेरै गुड्न थालेसँगै छिटफुट रुपमा दुर्घटना समेत भईसकेको छ । ट्राफिक प्रहरी व्यवस्थापनले करिडोर क्षेत्रलाई पनि विशेष ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com