ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुद मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा


एबीसी न्यूज
जेष्ठ २१, २०७६ मंगलबार  ६ : ५२ बजे

 

काठमाडौँ, २१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको रुपा गाउँपालिका चिप्ली खेलकुद मैदान निर्माण कार्यमा संलग्न नौ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

खेलकुद मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयबाट आएको बजेट दुरुपयोग भएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा खर्च भएको रकम खेलकुद मैदान निर्माणको काम नै नगरी जिल्ला समन्वय समिति, कास्कीका प्राविधिक नन्दु राम, मादी गाउँपालिका–७ का वडा सचिव रामकृष्ण बाँस्तोला र सिद्ध युवा क्लब, चिप्लीका अध्यक्ष विशाल गुरुङको मिलोमतोमा हिनामिना भएको भन्ने उजुरी आयोगमा परेको थियो ।

निर्माण समितिका पदाधिकारीले अनधिकृत रुपमा रु एक लाख ८६ हजार २७४ बराबरको रकम हिनामिना गरेको पाइएको छ । आयोगले भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रुपा गाउँपालिकामा कार्यरत सब–इन्जिनियर नन्दु राम, तत्कालीन जिल्ला समन्वय समिति, पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत इन्जिनियर हरिबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै, जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बराल, तत्कालीन मादी गाउँपालिका–७ मा कार्यरत रामकृष्ण बाँस्तोला, तत्कालीन जिल्ला समन्वय समितिको कार्यालय, कास्कीका लेखा अधिकृत पदमा कार्यरत झलकप्रसाद आचार्य, सोही कार्यालयका लेखापाल विष्णुप्रसाद बराल, चिप्ली खेलकुद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङविरुद्ध जनही रु एक लाख ८६ हजार २७४ बिगो दाबी गर्दै आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीकुमार कोइरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com